०४ साउन २०८३, मंगलबार

फुङलिङ नगरपालिकाले मेची राजमार्गको मापदण्ड सम्बन्धी छलफलकालागि बोलायो उपभोक्ता

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस सोमबार, साउन ०३, २०८३

साउन ४, २०८३
ताप्लेजुङ – फुङलिङ नगरपालिकाले मेची राजमार्गको सडकको मापदण्ड निर्धारण सम्बन्धी छलफलकालागि सहमति खोज्न साउन ८ गते शुक्रबार सडक आसपासको क्षेत्रका नागरिकलाई बोलाएको छ । सडक डिभिजन कार्यालय इलामले सडकको क्षेत्राधिकार खाली गर्न जारी गरेको सूचनाको समयावधि सकिएपछि नगरपालिकाले यस सम्बन्धी छलफलकालागि आव्हान गरेको हो ।
नगरपालिकाको खोक्से खोलादेखि सुकेटार सम्म मेची राजमार्ग पर्छ । त्यही क्षेत्रका सडकको ३० मिटर भित्र घर, जग्गा लगायतको संरचना भएकालाई सार्वजनिक सूचना मार्फत बोलाइएको छ । ‘सडक डिभिजन इलामले ३५ दिनभित्र राजमार्गको दायाँबायाँ ३० मिटर क्षेत्र खाली गर्नु भनेको समयावधि सकियो,’  नगरपालिका प्रमुख अमिर मादेनले भने, ‘३० मिटर वढी भयो १५ मिटरमा सहमति कायम गराउनु भन्ने धेरैको माग छ, त्यसैमा छलफल गर्न बोलाइएको हो ।’
सडक डिभिजन इलामले ३५ दिनभित्र सडकको क्षेत्राधिकारका संरचना आफैं हटाउन वा नहटाए सडक कार्यालयले हटाउने सूचना २०८३ ज्येष्ठ १३ गते प्रकाशित गरेको थियो । सूचनापछि सडकसँग जोडिएका संरचना कतिपयले हटाएका पनि छन् ।
‘सङ्घीय ऐन कानुनसँग बाझिनेगरी स्थानीय तहले कुनै काम गर्न पाउँदैन । तर आफुहरुले सहमति जुटाएर सडक डिभिजन र नेपाल सरकार समक्ष अनुरोध गर्न मात्रै लागेको हौँ’  नगर प्रमुख मादेनले भने । यो छलफलमा सडक डिभिजन वा सङ्घीय कार्यालयका प्रतिनिधिभनें सहभागी नहुने मादेनले बताए ।
नगरपालिकाले अघिल्ला वर्षदेखिनै १५ मिटरको सडक निर्माणकालागि पहल गर्दै आएको छ । यसमापनि सदरमुकाम भित्रकै कतिपयको बिमति रहेकोछभनें कतिपय सर्वोच्च पुगेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!