१६ आषाढ २०८३, बुधबार

स्कुल पुग्यो दौँतरीको सहयोग

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बुधबार, आषाढ १६, २०८३

असार १७, २०८३
ताप्लेजुङ – एक सेट ट्रयाक सुट, एउटा झोला, एक जोर गोल्डस्टार जुत्ता, अभ्यास पुस्तिका, डटपेन, जमिर्टि बक्स लगायतका सामग्री प्रदान गरेको दौँतरी नेपालका सामग्री विद्यालयमा पुगेका छन् । फक्ताङलुङ गाउँपालिकाको तुलसी आधारभुत विद्यालयले बुधबार शैक्षिक सामग्री प्रदान गरेको शिक्षक जानुका गौतमले जानकारी दिइन ।
विद्यालय व्यवस्थापन समिति, अभिभावक, प्रधानाध्यापक लगायत शिक्षकको उपस्थितिमा विद्यार्थीलाई सामग्री हस्तान्तरण गरिएको गौतमले बताएकी हुन् । ताप्लेजुङका छवटा विद्यालयका २ सय ३ विद्यार्थीलाई यस्तो सामग्री प्रदान गरिएको छ ।
ताप्लेजुङ विकास मञ्च मार्फत शैक्षिक सामग्री पाउनेमा सिरिजङ्गा गाउँपालिका १ सिनामको  भगवती आधारभुत विद्यालय र महेन्द्र आधारभुत विद्यालय खेवाङ छन् ।  पाथीभरा याङवरक गाउँपालिका ५ डुम्रिसेको सिद्देश्वरी मावि, मेरिङदेन गाउँपालिकाको सुर्यदेवी मावि तथा फक्ताङलुङ गाउँपालिकाको तुलसी र भगवती आधारभुत विद्यालय रहेका छन् ।
दौँतरीले ताप्लेजुङमा ७ वर्षदेखि शैक्षिक सामग्री सहयोग गर्दै आएको विकास मञ्चका अध्यक्ष सन्तोष प्रसाईँले जानकारी दिए ।  सामग्री हस्तान्तरणकालागि दौँतरीका अध्यक्ष सम्पन्न स्थापित, कोषाध्यक्ष सहितको टोली सदरमुकाम फुङलिङसम्म आएका थिए । यहाँवाट विद्यालय आफैँले सामग्री लगेका हुन् ।
गत वर्ष १ सय ५० विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको दौँतरी नेपालले यसवर्ष वृद्धि गरेको हो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!