ताप्लेजुङ – विगत १० वर्षदेखि आफ्नो शाखा रहेको हरेक जिल्लाका दुईजना लाई छात्रवृत्ति रकम प्रदान गर्दै आएको सानिमा बैङ्कले यस वर्षकालागिपनि आवेदन खुलाएको छ ।
मासिक दुई हजारका दरले दिइने छात्रवृत्ति प्राप्त गर्नकालागि मापदण्ड तोकिएको छ । सानिमा बैङ्क ताप्लेजुङका प्रबन्धक सुनिल भट्टराईका अनुसार यस्तो सुविधा ताप्लेजुङबाट पनि हरेक वर्ष प्रदान गरिदै आएको छ । सामुदायिक विद्यालयबाट एसइर्इ उर्तिण गरेका विद्यार्थीलाई ११ र १२ कक्षा अध्ययन गर्दासम्मका लागि ४८ हजार रुपैंया प्रदान गर्ने गरिएको हो ।
‘शाखामा आवेदन दिनु पर्छ । हामिले छात्रवृत्ति छनौट समिति गठन गछौं । त्यही समितिको सिफारिसको आधारमा रकम प्रदान गरिन्छ’ भट्टराइले भने ।
यसवर्षको आवेदन श्रावण १५ गतेसम्ममा भरिसक्नु पर्ने बैङ्कले जनाएको छ ।
