०७ आषाढ २०८३, सोमबार

पाथीभरा क्याम्पसका ४२ विद्यार्थीसँग लागू औषध नियन्त्रण र बालविवाह विरुद्ध सचेतना कार्यक्रम

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस सोमबार, आषाढ ०७, २०८३

असार ८, २०८३
ताप्लेजुङ – सशस्त्र प्रहरी वल कञ्चनजङ्घा गुल्म ताप्लेजुङले पाथीभरा क्याम्पसका विद्यार्थीसँग लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्ध अन्तराष्ट्रिय दिवसको अवसर पारेर स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीसँग सचेतना कार्यक्रम प्रस्तुत गरिएको हो । क्याम्पस प्रमुख सजन पौडेलका अनुसार सशस्त्र प्रहरी वल कञ्चनजङ्घा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद पाठकले सहजीकरण गरेका थिए ।
लागू औषध प्रयोगको अवस्था, यसले पुर्याएको क्षति र बालविवाह सम्बन्धी कानुनी अवस्थाका विषयमा जानकारी तथा अन्तरक्रिया भएको पौडेलले जानकारी दिए । कार्यक्रममा ३६ छात्रा र ६ जना छात्रको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!