०७ आषाढ २०८३, सोमबार

वर्षासँगैको पहिरोले ताप्लेजुङमा तीन घर र एउटा जलविद्युतमा क्षति

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस सोमबार, आषाढ ०७, २०८३

असार ८, २०८३
ताप्लेजुङ – वर्षासँगैको पहिरो र बाढीका कारण जिल्लाको फक्ताङलुङ गाउँपालिकामा तीन घरमा क्षति पुगेको छ । मेरिङदेन गाउँपालिकामा रहेको एउटा जलविद्युत आयोजनामा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।
फक्ताङलुङ गाउँपालिका १ साँवादिनका वडाध्यक्ष यज्ञ प्रसाद सावादेनका अनुसार यही वडाको तेम्रङ भन्ने स्थानमा घर माथिवाट झरेको पहिरोले गणेश कटवाल र दुर्गा कटवालको घरमा क्षति पुर्याएको छ । गणेशको जग्गामा घर बनाएर बसोबास गर्दै आएका नरेन्द्र लिम्बूको बाख्रा लगायतका पशुचौपाया बगाउनुका साथै घर र शौचालयमा पनि क्षति पुर्याएको वडाध्यक्ष सावादेनले जानकारी दिए ।
गणेश र दुर्गा सहोदर दाजुभाइ हुन् । उनीहरूको घर माथि रहेको भीरको फेदबाट पहिरो झरेको र पहिरोसँगै बाढी घर भित्रै पसेको सावदेनले जानकारी दिए ।
यता, मिक्वाखोला गाउँपालिकामा रहेको मध्यमेवा जलविद्युत आयोजना पनि बाढीले क्षति पुर्याएको प्रहरीले जनाएको छ । वर्षा सँगैको बाढीका कारण आयोजनाको बाँध मा क्षति पुगेको उल्लेख छ ।
सोमबार बिहानको वर्षा र पहिरोका कारण अवरुद्ध मेरिङदेन गाउँपालिका ५ थुकिमा र ६ नम्बर वडा नाल्बु जोड्ने सडकभने दिउँसोदेखि सञ्चालनमा आएको छ। अवरोध हटाइ सडक सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!