१५ फाल्गुण २०८२, शनिबार

हिँडे ताप्लेजुङका चार हिमाली क्षेत्रका मतदान कर्मचारी

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शुक्रबार, फाल्गुण १४, २०८२

ताप्लेजुङ — जिल्लाको उच्च हिमाली क्षेत्रमा खटाइएका मतदान अधिकृतसहितका कर्मचारी आफ्नो मतदानस्थल तर्फ प्रस्थान गरेका छन्। निर्वाचन सामग्रीसहितका कर्मचारी शुक्रबार सदरमुकाम फुङलिङबाट हिँडेका निर्वाचन अधिकारी धनराज श्रेष्ठले जानकारी दिए।

४२ सय मिटर उचाइमा रहेको उच्च हिमाली बस्ती याङ्मा, ३१ सय मिटर उचाइका ओलाङचुङगोला र घुन्सा तथा २७ सय मिटरमा रहेको ग्याब्ला मतदान केन्द्रमा खटाइएका कर्मचारी परिचालित भएका हुन्। सबैभन्दा टाढा रहेको याङ्मा पुग्न तीन दिन लाग्छ। सुरक्षा अवस्था लगायतका दृष्टिले निर्वाचन कार्यालयले चार वटै मतदानस्थलका कर्मचारी तथा सुरक्षाकर्मी एकैसाथ परिचालित गर्ने गरेको छ। निर्वाचन सामग्रीसहितको टोलीमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र सुरक्षाकर्मी रहने गरेका छन्।

याङ्मामा मतदान अधिकृत माधव खड्का, ओलाङचुङगोलामा डम्बरबहादुर आङदेम्बे, घुन्साकालागि देवेन्द्र मेन्याङ्वो र ग्याब्लाका लागि बिमल गौतम रहेका छन्। उनीहरू मतपत्रसहितका निर्वाचन सामग्री बुझेर सम्बन्धित मतदान केन्द्रतर्फ प्रस्थान गरेका जिल्ला निर्वाचन समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिए।

याङ्मा ओलाङचुङगोला भएर जानु पर्छ भने घुन्सा ग्याब्ला भएर जानुपर्छ। यी चारै वटा बस्ती झुरुप्प एकै ठाउँमा रहेका छन्। घुन्सामा भने एक घण्टाको पैदल हिँडेर फलेका मतदाता र ग्याब्लामा तीन घण्टा हिँडेर अम्जिलेसका मतदाता आउँछन्।

मौसममा बदली आएको हिउँ पर्न सक्ने जोखिमलाई दृष्टिगत गरी फागुन १५ बाटै कर्मचारी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सेढाइँले जानकारी दिए। उनका अनुसार फागुन १७ गतेसम्म सबै मतदान अधिकृतसहितका कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसक्नु पर्नेछ। १८ गते स्थानीयसँगको उपस्थितिमा बैठक बस्ने, मतदानस्थल बनाउनेलगायतका काम हुनेछन्।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!