माघ १९, २०८२
ताप्लेजुङ – नेपाली काङ्ग्रेसले कार्यवाहक सभापतिको जिम्मेवारी डिल्ली रमण बराललाई दिएको छ ।
पार्टी सभापति गजेन्द्र प्रसाद तुम्याहाङ प्रतिनिधिसभाको उम्मेद्वार बनेपछि उपसभापति बराललाई कार्यवाहकको जिम्मेवारी दिइएको पार्टी प्रवक्ता विश्वराज नाल्बोले जानकारी दिए ।
बराल र गणेश बहादुर लिम्बू काँग्रेस उपसभापतिको जिम्मेवारीमा रहेका थिए । कावाको जिम्मेवारी पाएका बरालले पार्टी सञ्चालनको गतिविधि सुरु गरिसकेको वताएका छन् । निर्वाचन परिचालन समिति बनाउने, जिम्मेवारी बाँडफाँड गर्ने लगायतका निर्णय बरालकै अध्यक्षतामा बसेको बैठकले गरेको काङ्ग्रेसले जनाएको छ ।
तुम्याहाङ घरदैलो तथा चुनावी अभियानका लागि सदरमुकाम बाट गाउँ प्रवेश गरेका छन् ।
