पुस २२, २०८२
ताप्लेजुङ – नेकपा एमाले ताप्लेजुङको इन्चार्जमा पुनः तिलकुमार मेन्याङबो चयन भएका छन् । नेकपा एमालेको पदाधिकारी बैठकले प्रदेश संयोजक र जिल्ला इन्चार्जहरूको जिम्मेवारी तोकेको हो।
कोशी प्रदेशको संयोजकमा सचिव शेरधन राईलाई जिम्मेवारी दिइएको छ । मेन्याङबो यसअघि पनि ताप्लेजुङ जिल्ला इन्चार्जकै भूमिकामा रहेका थिए ।
कोशीका १४ जिल्लामा को-को भए इन्चार्ज ?
१, ताप्लेजुङ – तिलकुमार मेन्याङ्बो
२, पाँचथर – अइन्द्र सुन्दर नेम्वाङ
३, इलाम – राम राना
४, झापा – रोम ओली
५, मोरङ – ऋषिकेश पोखरेल
६, सुनसरी – जगदीश कुसियैत
७, उदयपुर – मञ्जु चौधरी
८, खोटाङ – विशाल भट्टराई
९, ओखलढुङ्गा – यज्ञराज सुनुवार
१०, सोलुखुम्बु – मानवीर राई
११, भोजपुर – हेमराज राई
१२, सङ्खुवासभा – तुलसी न्यौपाने
१३, तेह्रथुम – विष्णुमाया बिक
१४, धनकुटा – राजेन्द्र राई
