०१ माघ २०८२, बिहिबार

फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले पहिलो पटक भने ः हेप्पी क्रिसमस

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बिहिबार, पुष ०९, २०८२

पुस १०, २०८२
ताप्लेजुङ – फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले एकअर्काको धर्मप्रति अपनत्व हुनेगरी सबै नागरिकलाई धार्मिक गतिविधि गर्न आग्रह गरेका छन् । क्रिसमस डेको अवसरमा ख्रिस्टियन बत्तीस मण्डली फुङलिङ नगरपालिका ५ ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मादेनले एकले अर्को धर्मलाई होचोहेलो गर्न नहुनेमा जोड दिए ।
‘हामिले मान्ने विधि फरक हो, भगवान एउटै हुन्, त्यसैले तेरो धर्म यस्तो मेरो धर्म यस्तो नभनी सबैले सबैलाई मानेर बसौँ, त्यसले राम्रो गर्छ र गर्नु पर्नेपनि त्यहीनै हो’ मादेनले भने । बत्तीस मण्डलीको शुभकामना आदानप्रदान कार्यक्रममा मेरिङदेन गाउँपालिका अध्यक्ष युक हांबिर हाङगाम डम्बरले ईसाई धर्मालम्बीहरुको महान पर्वको अवसरमा देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीलाई सम्झिरहेको बताए ।


फुङलिङ नगरपालिका ५ का वडाध्यक्ष सोजित श्रेष्ठ, काँग्रेस सभापति गजेन्द्र प्रसाद तुम्याहाङ, पाथीभरा बहुमुखी क्याम्पसमा अध्यक्ष शिला इजमले क्रिसमसको शुभकामना दिएका थिए । बत्तीस मण्डलीका अध्यक्ष एवं पास्टर रुबेन एभेङका अनुसार जिल्लाभरनै बिहीबार आआफ्नो तरिकाले क्रिसमस डे मनाइएको छ । गाउँसहर परिवेश र समाज अनुसार आआफ्नै तरिकाले मनाएको र नगरपालिका केन्द्रीकृत कार्यक्रम आफूहरूले गरेको उनले बताए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!