मंसिर २७, २०८२
ताप्लेजुङ – नेपाली काँग्रेस ताप्लेजुङ पार्टी प्रवक्ताको जिम्मेवारी विश्व नाल्बोलाई दिइएको छ ।नाल्बोले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन उम्मेद्वार सिफारिसको निर्णय सार्वजनिक कार्यक्रमसँगै आफ्नो जिम्मेवारीपन थालेका छन् ।
काँग्रेस जिल्ला कार्य समितिका सभापति गजेन्द्र प्रसाद तुम्यहाङका अनुसार मंसिर ७ गतेको बैठकले नाल्बोलाई प्रवक्ता चयन गर्ने निर्णय गरेको हो । नेपाली काँग्रेस जिल्ला कार्य समितिको सदस्य नाल्बो नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्यपनि हुन् ।

काङ्ग्रेसले युवा पुस्ताका व्यक्तिलाई प्रवक्ताको जिम्मेवारी दिएकोपनि उल्लेख गरिएको छ । यसअघि पार्टी प्रवक्तामा गणेश सिग्देल रहेका थिए । सिग्देलको उपचारको क्रममा मृत्यु भएपछि पद रिक्त रहेको थियो ।
