मंसिर २४, २०८२
ताप्लेजुङ – बेलायतको युकेमा रहेका युवाहरूले आशा ओख्राबुको अध्यक्षतामा ‘ताप्लेजुङ युके युवा समाज’ गठन गरेका छन् । पहिलो भेलाले ५० सदस्यीय कार्य समिति चयन गरेको छ ।
आकास थेबे, तेज आङ्बुहा, देव चोङ्बाङ र रञ्जित पालुङ्वा उपाध्यक्ष, दिनेश लिङ्खिम महासचिव, जस बिर लङ्वा सचिव, डम्बर सावाँ कोषाध्यक्ष र विजय लिम्बू सहकोषाध्यक्ष रहेको समिति चयन गरिएको हो । आसफोर्ड केन्ट युकेमा सम्पन्न भेलाले सन्चार विभाग प्रमुखमा लालहाङ थलङ, सांस्कृतिक विभाग प्रमुखमा तारा प्रकाश साँवा र सदस्यमा मोहन साँवालाई चयन गरेको छ ।
लालहाङ थलङ, धन थलङ, देउ प्रकाश चङ्बाङ, रबिनसन मादेन र तारा इङ्वारम संरक्षक रहेका छन् । सन् २०२२ मा स्थापना भएको यसले बिभिन्न सामाजिक काम गर्दै आएको अध्यक्ष ओख्राबुले जानकारी दिइन ।
युवा पुस्तालाई भाषा, संस्कार, संस्कृति र यिनको संरक्षण तथा संवर्द्धनका काममा लगाउन विशेष भूमिका खेलिरहेको महासचिव लिङ्खिमको जानकारी दिए । भविश्यमापनि रचनात्मक र सामाजिक कामलाई गतिदिने मुख्य उद्देष्य रहेको सचिव जसवीर लुङ्बाको कथन छ ।
