२१ मंसिर २०८२, आइतबार

हतियार हतकडी बोकेर लङ मार्चमा निस्किएको प्रहरी टोली सदरमुकाम फर्कियो 

Logo
Taplejung Press ताप्लेजुङ प्रेस मंगलबार, मंसिर १६, २०८२

ताप्लेजुङ  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन, सिमा क्षेत्रबाट हुने चोरी तस्करी, विदेशी पर्यटकको गतिविधि लगायतको नियमनका लागि सदरमुकाम फुङलिङबाट निस्किएको प्रहरी टोली फर्किएको छ । हतकडी, एसएलआर बन्दुक, लाठी सहितको नौजनाको टोलीलाई जिल्ला प्रहरी कार्यालयले ‘लङ रुट पेट्रोल गस्ती’ भनेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख वेदप्रसाद गौतम नेतृत्वको टोलीले उच्च हिमाली क्षेत्रका बासिन्दासँग आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल तथा अन्तरक्रिया गरेको जनाएको छ ।
सिमा क्षेत्रको अनुगमन तथा निर्वाचन लक्षित छलफलका लागि फक्ताङलुङ गाउँपालिका ६ लेलेपको ५२ सय मिटर उचाइको लोनाकसम्म पुगेको गौतमले बताए । हिमाली क्षेत्रका नागरिक मतदानकालागि उत्साही रहेको गौतमको दावी छ । ‘स्थानीयलाई निर्वाचनको बेला हिउँ पर्लाकी भन्ने चिन्ता रहेछ अन्यथा मतदातामा उत्साहनै देखियो’ गौतमले भने । सिमा क्षेत्रमा अहिले खासै सुरक्षा चुनौती नदेखिएको उनको कथन छ ।
हिमाली जडीबुटी तथा वन्यजन्तुको अवैध ओसारपसारका विषयमा पनि स्थानीयसँग अन्तरक्रिया तथा सूचना सङ्कलन गरेको प्रहरी टोलीले जनाएको छ । फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू, लेलेपका वडाध्यक्ष पेम्वाटाँसी शेर्पा, कार्यपालिका सदस्य मिङमाडण्डु शेर्पा लगायतका जनप्रतिनिधिसँग प्रहरीले छलफल समेत गरेको थियो । मंसिर ७ मा निस्किएको टोली सोमबार सदरमुकाम आइपुगेको हो।
यस क्षेत्रमा ३१ सय मिटर उचाइको घुन्सा र ओलाङचुङगोलामा सिमा प्रहरी कार्यालय रहेको छभने गाउँपालिकाको केन्द्र तापेथोक र लेलेपमा प्रहरी चौकी रहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!