२१ मंसिर २०८२, आइतबार

यसरी जोगियो साब्लाखु भन्ज्याङ बजार आगलागीको थप क्षतिबाट 

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शुक्रबार, मंसिर १२, २०८२

मंसिर १२, २०८२
ताप्लेजुङ – शुक्रबार दिउसो करिव ४ः३० वजे सिदिङवा गाउँपालिकाको केन्द्र सब्लाखु भन्ज्याङ वजारमा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीबाट ३५ बर्षिय डेनी तामाङको घरमा क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जटाशङ्कर यादवका अनुसार विद्युत सर्ट भएर घरको सिरान तलाबाट लागेको आगोले ५० लाख बराबरको क्षति भएको हो । साब्लाखु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक प्रदिप कुमार बिष्टका अनुसार पाँचतले घरको छतमाभनें जस्तापाता लगाइएको थियो । त्यही सिरानको तलाबाट लागेको आगो साँझ ६ः४० वजे नियन्त्रणमा लिन स्थानीय सफल भएका हुन् ।
स्थानीय पत्रकार ओमेन्छा राईका अनुसार छरछिमेकमा रहेका घरको जस्तापाता निकालिएको छ । बजारको सिरानमा १० हजार लिटरका दुईवटा पानीका भरी ट्याकी थिए । गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड वजार नजिकै रहेको भन्ज्याङ माविमा चलिरहेको थियो । साब्लाखु, थुम्बेदिन, सिनाम, खाम्दिम्बे प्रहरी चौकीका समेत गरी ११ जना प्रहरी समेत भेला भए । भन्ज्याङ वजारमा मान्छे, गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी, राष्ट्रपति शिल्डमा भेला भएका विद्यार्थी र शिक्षक तथा प्रहरी टोली परिचालित भएपछि अर्को घरमा सर्न नदिई आगो नियन्त्रणमा लिएको ओमेन्साले वताए
जस्ता पाताले छाएका र एकापसमा जोडिएका घर भएकाले आगलागी हुनासाथ स्थानीय आत्तिएका थिए । आगलागी भइरहेको बेला हावाहुरी नचलेकालेपनि आगो नियन्त्रणमा लिन सहज भएको स्थानीयले बताए । वर्षौंदेखिको पुरानो बाक्लो बजार र पालिकाभरीको केन्द्र भएकाले सरकारले वडा कार्यालयमा केन्द्र तोकेपनि स्थानीयको दबाबमा गाउँपालिका केन्द्र यहाँ सारिएको छ । यहाँ दुई दर्जनवढी घर तथा पसल रहेका छन् ।प्रहरी चौकी समेत करीव तीन सय मिटर दुरीमा रहेको छ । 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!