ताप्लेजुङ – सरकारले फुङलिङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राजमणि निरौलालाई नियुक्त गरेको छ । झापा जिल्ला समन्वय समितिमा समन्वय अधिकारी रहेका निरौलालाई ताप्लेजुङ सरुवा गरिएको हो ।
यसअघि सरुवा गरिएका डम्बर बहादुर जिसी नगरपालिकामा हाजिर नभइ आफ्नै गृह प्रदेशमा सरुवा गएपछि निरौलालाई नगरपालिका पठाइएको हो । लामो समय रिक्त भएपछि सरकारले शिक्षा शाखा प्रमुख समेतको जिम्मेवारीमा रहेका प्रकाश पौडेललाई निमित्तको जिम्मेवारी दिएको छ ।
आफूले नगरपालिका प्रमुख अमिर मादेन, उपप्रमुख भिमादेवी ओझा लगायत निमित्त चलाइरहेका पौडेलसँग समन्वय गरेको र यसै साताको अन्तिमतिर आउने तयारीमा रहेको निरौलाले बताए । खोटाङ जिल्ला जन्मस्थल भएका निरौला नेपाल सरकारको उपसचिवको जिम्मेवारीमा रहेका छन् ।
