कार्तिक २०, २०८२
ताप्लेजुङ – नेकपा एमालेको ११ औँ महाधिवेशन प्रतिनिधि चयनकालागि राजकुमार चुडालको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।
पाँच सदस्यीय समितिको सदस्यहरूमा नेपाल वार एसोसिएसनका अध्यक्ष बलराम भट्टराई, कानुन व्यवसायीहरू देवराज मेन्याङबो, भेषराज पौडेल र भीष्मराज बराल रहेको प्रचार विभाग प्रमुख सन्तोष चाम्लिङले जानकारी दिए ।
एमालेको सातौँ जिल्ला कमिटी बैठकले उनीहरूको नाम अनुमोदन गरेको पनि चाम्लिङले बताए ।
नेकपा एमालेले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाण्डौमा हुदैछ । त्यसकालागि प्रतिनिधि चयनको मिति एकै दिनलाई तोकिएको छ । जिल्लामा ७ हजार ४९ पार्टी सदस्य रहेका छन् । यी सदस्यले जिल्ला भरीबाट १३ जना प्रतिनिधि चयन गर्ने जनाइएको छ ।
