२१ मंसिर २०८२, आइतबार

ताप्लेजुङमा पनि सुरु भयो निर्वाचन केन्द्रीत छलफल

Logo
Taplejung Press मंगलबार, कार्तिक १८, २०८२

कार्तिक १८, २०८२
ताप्लेजुङ – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रीत छलफल सुरु भएको छ । निर्वाचन अधिकारीको कार्यालयले मतदान केन्द्र र मतदान स्थलका विषयमा राजनीतिक दल र स्थानीय तहका जनप्रतिनिधिस‘ग पहिलो चरणमा छलफल गरेको हो ।
छलफलमा नेपाली काङ्ग्रेसका सभापति गजेन्द्र प्रसाद तुम्याहाङ, एमाले सचिव सन्तोष चाम्लिङ, माओवादी केन्द्रका संयोजक विष्णु हाङवाङ, नेकपा एसका सचिव मोहन न्यौपाने, राप्रपाका तेजबहादुर गुरुङ, जसपाका सूर्य तमु, राष्ट्रिय जनमुक्तिका मोतीलाल लिम्बू र मङ्गोल नेशनल अर्गनाइजेसनका सन्तबहादुर लिम्बू गरी आठ राजनीतिक दलको उपस्थिति रहेको निर्वाचन अधिकारी वान्दवराज दुलालले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयमा भएको छलफल निर्वाचन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराज सेडाइको अध्यक्षतामा भएको थियो । वैठकमा फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन, मेरिङदेन गाउ‘पालिका अध्यक्ष युक हांविर हाङगाम, सिरिजङ्गा अध्यक्ष लालकृष्ण चौहान, मिक्वाखोला अध्यक्ष भत्त बहादुर कार्की र फक्ताङलुङ गाउ‘पालिका उपाध्यक्ष विकास साम्रा उपस्थित थिए । उनीहरू सबै काङ्ग्रेसवाट निर्वाचित प्रमुख तथा उपप्रमुख हुन् । एमालेबाट निर्वाचित पाथीभरा याङवरक अध्यक्ष केशर लिम्बू र माओवादीवाट निर्वाचित मैवाखोला गाउ‘पालिका प्रवक्ता चन्द्र तामाङको सहभागिता रहेको थियो ।
छलफलमा हाल रहेको मतदान स्थल र मतदान केन्द्र थपघट, हेरफेरको विषयमा छलफल भएको दुलालले बताए । उनका अनुसार यो महिनाको अन्तिम सम्ममा सिफारिस गर्ने गरी मतदान केन्द्र र स्थलका विषयमा राजनीतिक दल र जनप्रतिनिधिस‘ग राय लिइएको हो । यस अघिनै वडालाई सिफारिस गर्न पत्राचार गरिसकिएको छ । फुङलिङ नगरपालिका, मिक्वाखोला, फक्ताङलुङ, मैवाखोला र सिरिजंगा गाउ‘पालिकाले मतदान स्थल थपका लागि र केन्द्र परिवर्तनकालागि प्रस्ताव गरेका छन् । अव वडाले मतदाताको विवरण सहितको सिफारिस गरेपछि पुन छलफल गर्नेगरी बैठक टुङ्गिएको प्रमुख जिल्ला अधिकारी सेढाइले जानकारी दिए ।
अहिलेसम्म जिल्लामा ७५ मतदान स्थल र १ सय २३ मतदान केन्द्र रहेको तथ्याङ्क कार्यालयस‘ग छ । छलफलमा सहभागी सबैजसोले निर्वाचनको पक्षमा वकालत गरेको सहभागीले बताएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!