२१ मंसिर २०८२, आइतबार

घर जलेको साथीका परिवारलाई लिटलबुद्धका विद्यार्थीको सहयोग

Logo
Taplejung Press सोमबार, कार्तिक १७, २०८२

कार्तिक १७, २०८२
ताप्लेजुङ  – फुङलिङ नगरपालिका ४ कञ्चनजङ्घा टोलमा भएको आगलागीमा घर गुमाएको साथीका परिवारलाई लिटलवुद्धका विद्यार्थी र शिक्षकले सहयोग गरेका छन् । जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइ मार्फत विद्यार्थीको तर्फबाट छ हजार सात सय १५ रुपैयाँ सहयोग गरेका हुन् ।
विद्यालयको तर्फबाट एक वर्षका लागि शुल्क पूर्ण मिनाहा गर्नुका साथै विद्यालय पोशाक र ट्रयाकसुट उपलब्ध गराएको प्रधानाध्यापक युवराज गिरीले जानकारी दिए । गत कार्तिक ५ गते दिपावलीको समयमा महेन्द्र उपरकोटी र कल्पना तोलाङ सार्कीको एकतले पक्की घरमा आगलागी भएको थियो । उनीहरूका छोरी गृष्मा कक्षा ४ र छोरा जसमान यु केजीमा यही विद्यालयमा अध्ययनरत छन् ।

झोला बनाउने उद्योग रहेको उनीहरूको घर जल्दा ३६ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीको घर वा परिवारमा यस्ता समस्या भए विद्यार्थी स्वयंले रकम सङ्कलन गर्ने र शिक्षक र विद्यालयको तर्फबाट पनि सहयोग गरी हस्तान्तरण गर्ने प्रचलन रहेको विद्यालय प्रशासनले जनाएको छ । विपत व्यवस्थापन समितिका संयोजक सेढाइले विद्यालयको यो कार्यको प्रशंसा गरेका थिए । प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले वालवालिकालाई दुई दर्जन कापी हस्तान्तरण गरे ।


यता, विद्यालयको आयोजनामा प्रमुख जिल्ला अधिकारी सेढाइ र प्रहरी नायब उपरीक्षक गौतमले विद्युतीय अपराध सम्वन्धि कक्षा सञ्चालन गरेका छन् । विद्युतीय उपकरण एवं इन्टरनेटको प्रयोग मार्फत गरिने चरित्र हत्या, यौनजन्य हिंसा, बैङ्किङ कसुर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्‍याइने क्षति लगायतको विषयमा कक्षा सञ्चालन गर्नुका साथै अन्तरक्रिया गरेका थिए ।


नचिनेको व्यक्तिसँग सामाजिक सञ्जाल तथा इन्टरनेटको माध्यमबाट सम्बन्ध गास्ता भएका क्षति, गोप्य सूचना पत्ता लगाइ गरिने दुर्व्यवहार तथा आर्थिक लेनदेन लगायतका विषयमा अन्तरक्रिया भएको प्रशासन कार्यालयले जनाएको छ । लागु औसधको दुब्र्यसन र यसले वालवालिका तथा समाजमा पुर्याएको क्षतीका विषयमा समेत बिद्यार्थीलाई सेचनामुलक सामग्री प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!