११ कार्तिक २०८२, मंगलबार

विद्युतीय ट्रान्सफर्मर चोरी आरोपमा दुई पक्राउ

Logo
Taplejung Press ताप्लेजुङ प्रेस सोमबार, कार्तिक १०, २०८२

कार्तिक १०, २०८२
ताप्लेजुङ – विद्युतीय ट्रान्सफर्मर चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मिक्वाखोला गाउँपालिका ४ साँवाका ३३ वर्षीय फुपुनाम्गे शेर्पा र फक्ताङलुङ गाउँपालिका १ सावादिनका ३९ वर्षीय आइतबहादुर लिम्बू पक्राउ परेका छन् ।
उनिहरुलाई प्रहरीले चोरी भएको विद्युतीय सामग्री सहित पक्राउ गरेको हो । प्रहरी निरीक्षक एवं सूचना अधिकारी विवेक बस्नेतका अनुसार फुङलिङ नगरपालिका २ नागेश्वरी आँपगाछी छेउमा राखिएको ट्रान्सफर्मर कार्तिक २ गते हराएको थियो । खोजतलासको क्रममा बेरिएको तामाको तार दुई रोल र दुई क्वायल तार सहित पक्राउ गरिएको बस्नेतले जानकारी दिए ।
उनिहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान प्रकृया सुरु गर्ने प्रहरी कार्यालयले जनाएको छ । 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!