०५ कार्तिक २०८२, बुधबार

ताप्लेजुङमा झोला बनाउने गोदाममा आगलागी हुँदा ३६ लाख बराबरको क्षति

Logo
Taplejung Press ताप्लेजुङ प्रेस बुधबार, कार्तिक ०५, २०८२

ताप्लेजुङ  – फुुङलिङ नगरपालिका ४ भानुस्कुल छेउ कञ्चनजङ्घा टोलमा भएको आगलागीबाट ३६ लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । मङ्गलबार राती महेन्द्र उपरकोटी र कल्पना तोलाङ सार्कीको एकतले पक्की घरमा आगलागी भएको थियो ।
विद्युत सर्ट भई आगलागिहुँदा झोला बनाउने गोदामका सरसामान जलेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार तीन लाख बराबरको ब्याग बनाउने मेसिन चार थान, २० लाख बराबरको तयारी ब्यागहरू र १३ लाख बराबरको ब्याग बनाउन प्रयोग गरिने उपकरण सहितका सामग्री जलेको छ ।
स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना सहितका सुरक्षा निकायले आगो नियन्त्रणमा लिएको उनले जानकारी दिए । आगलागी बारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!