०४ कार्तिक २०८२, मंगलबार

क्याम्पस प्रमुख पौडेललाई पितृ शोक

Logo
Taplejung Press ताप्लेजुङ प्रेस बिहिबार, आश्विन २९, २०८२

आश्विन २०८२

ताप्लेजुङ – पाथीभरा क्याम्पसका क्याम्पस प्रमुख सजन पौडेलका पिता बलराम पौडेलको बिहीबार बिहान निधन भएको छ । ७३ वर्षीय पौडेलको बिहीवार बिहान आकस्मिक निधन भएको परिवारले जनाएका छन् । उनी आफन्तसँगको भेटघाटकालागि पाथीभरा याङवरकको थुम्बेदिन गएका थिए ।

श्रीमतीसँगै रहेका पौडेल आज बिहान घर फर्कन गाडी चढ्ने तयारीमा रहेका थिए । गाडी चढ्नुअघि शौचालय गएका उनले फर्किएपछि तल्लो पेट दुख्यो एकछिन आराम गर्छु भनेर बसेका थिए । श्रीमतीको साथमै रहँदा त्यही निधन भएको परिवारले बताएका छन् । पौडेलका तीन छोरा मध्ये जेठो सजन र माइलो हरि छन् । कान्छो किरणको यस अघिनै निधन भइसकेको छ ।

पौडेलको अन्येष्टि शुक्रबार कावेली नदी घाटमा गरिने परिवारले जानकारी दिए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!