०४ कार्तिक २०८२, मंगलबार

प्याब्सन ताप्लेजुङका अध्यक्ष एवं काँग्रेस ताप्लेजुङका प्रवक्ता सिग्देलको ३७ वर्षमै निधन

Logo
Taplejung Press ताप्लेजुङ प्रेस बिहिबार, आश्विन २९, २०८२

३० आश्विन २०८२
ताप्लेजुङ – निजी विद्यालय अर्गनाइजेसन प्याब्सन ताप्लेजुङका अध्यक्ष गणेश सिग्देलको ३७ वर्षको अल्पायुमै निधन भएको छ । क्यान्सरको उपचारका लागि भारत लगिएका सिग्देलको दुई वर्षअघि ठुलो आमासयको शल्यक्रिया गरिएको थियो । त्यसपछि क्यान्सरको थप प्रभाव देखिएपछि भारत लगिएको थियो ।
दोश्रो कार्यकालकालागि प्याब्सनको नेतृत्वमा सर्वसम्मत चयन भएका सिग्देलको शव बिहीवार बिहान फुङ्लिङ क्याम्पस लाइन स्थित निजी निवासमा ल्याउने र दिनको ११ बजे शव यात्रा सुरु गरि फुरुम्बु सिस्ने घाटमा अन्येष्टि गरिने परिवारका सदस्यले जानकारी दिएका छन् । सिग्देल अक्सफोर्ड आवासीय माध्यमिक विद्यालयको फाउण्डर प्रिन्सिपल रहेका थिए ।
सिग्देल नेपाली काँग्रेस ताप्लेजुङको पार्टी प्रवक्ताको जिम्मेवारीमा समेत रहेका थिए । सिग्देलका वावु, आमा, श्रीमती, एक छोरी र एक छोरा रहेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!