०४ कार्तिक २०८२, मंगलबार

ताप्लेजुङ इलाम सडक सञ्चालनमा, डेढ किलोमिटर पैदल हिँड्नु पर्ने

Logo
Taplejung Press ताप्लेजुङ प्रेस बिहिबार, आश्विन २२, २०८२

२३ आश्विन २०८२
ताप्लेजुङ – मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ देखि इलाम सम्मको सडक सञ्चालनमा आएको छ । पाँच दिनदेखि अवरुद्ध मेची राजमार्गको इलाम–फिदिम सडक खण्ड हिजो (बुधवार) देखि सञ्चालनमा आएको हो । अब इलाम झापा खण्ड अन्तर्गत माइखोला र राजदुवाली क्षेत्रको अवरोध पन्साउन बाँकी रहेको छ ।
झापाको चारआली देखि जोरकलशहुँदै इलाम नगरपालिकाको राजदुवालीसम्म गाडी चलिरहेका छन् । राजदुवालीभन्दा केही माथिबाट इलाम बजारतिर पनि गाडी चलिरहेको छ । दसैँमा आफन्तकहाँ आएका पाहुना र अन्य यात्रु राजमार्गमा खचाखच भएपछि फिक्कलतिरबाट राजदुवालीसम्म आउ–जाउ गर्न सूर्योदय नगरपालिकाले निःशुल्क रूपमा बस सञ्चालन गरिदिएको छ । इलाम नगरपालिकाले पनि राजदुवालीछेउसम्मका लागि निःशुल्क रूपमा सवारी साधन व्यवस्था गरेको छ । केही व्यवसायी र समाजसेवीले पनि निःशुल्क रूपमा सवारी साधन सञ्चालन गरेका छन् । यात्रुले यो बीचमा करिब डेढ किलोमिटर भनेँ पैदल हिँड्नुपर्ने बाध्यता छ ।
एउटै सवारी साधनले गर्ने यात्रामा धेरै वटा गाडी परिवर्तन गर्नुपर्दा यात्रु समस्यामा छन् । तर उनीहरूलाई सुरक्षाकर्मीले राजदुवाली पुलछेउमा सहायता कक्ष राखेर सहयोग गरिरहेका छन् । राजदुवालीको डेढ किलोमिटर मेची राजमार्ग खुलाउनभने प्रयास भइरहेको सडक सडभिजन कार्यालय इलामले जनाएको छ । पहिरोले यहाको ट्रयाक नै नरहने गरी बगाएकाले समस्या भएको हो । बिहीबार देखि सडक खुलाउने काम सुरु हुनेछ तर यो खण्डमा काम गर्दै हेर्दै गर्नुपर्ने अवस्था रहेकाले कति समयमा खुल्छ भन्ने यकिन नभएको सडक डिभिजन प्रमुख पवन भट्टराईले बताए । ‘यहाँ ठूलो पहिरो बगिरहेको छ, काम गर्दै जाँदा कति भत्किन्छ, कति अडिन्छ हेर्दै काम गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘त्यसैले यहाँको अवरोध यति समयमा खुल्छ भन्न कठिन छ ।
गतवर्ष असोजमा पहिरो झरेकै ठाउँमा यसपालि थपिएकाले बाटो निकाल्न मुस्किल भएको डिभिजन कार्यालयले जनाएको छ । बुधबार यहाँ पुलविज्ञ नरेश केसरी आएर निरीक्षण गरेका छन् । उनले तत्काललाई पुलमा ठूलो समस्या नभएकाले त्यसैलाई सञ्चालन गर्न सकिने सुझाव दिएको भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!