०४ कार्तिक २०८२, मंगलबार

ताप्लेजुङ सिदिङवामा बलेरो गाडी दुर्घटना, एकको मृत्यु छ घाइते

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस मंगलबार, आश्विन २०, २०८२

२१ आश्विन २०८२
ताप्लेजुङ – सिदिङवा गाउँपालिका ३ आङ्खोपमा मङ्गलबार साँझ बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छभनें छजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तेल्लोकका अनुसार सिदिङवा गाउँपालिकाकै ढङढङे झरनाबाट आङ्खोप तर्फ जाँदै गरेको प्र१-०१-००१ ज ३४७० नम्बरको बलेरो गाडी सडकबाट दुई सय मिटर  तल झरेको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी विवेक बस्नेतका अनुसार सिदिङवा गाउँपालिका ३ आङ्खोप बस्ने ६० वर्षीय लोक बहादुर कुँवरको घटनास्थलमै मृत्यु भएको छ ।  आङ्खोपकै ६० बर्षिया लोक बहादुर चौहानको टाउकाको पछाडि, घाटी र  खुट्टामा चोट लागेको छभनें ४५ बर्षिय प्रकाश चौहानको टाउको र ढाटमा चोट लागेको छ । लोकबहादुर र प्रकाशको अवस्था गम्भिर रहेको बस्नेतले जानकारी दिए ।
३० वर्षीय सृजना चौहानको ढाडमा र ४ वर्षीय प्रियान्स चौहानको बाया पट्टीको टाउकोमा र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । दुवैको अवस्था मध्यम रहेको उल्लेख छ । गाडी चालक ४० वर्षीय प्रकाश सुवाङवर्षीय  प्रियन्सा चौहानको अवस्थाभने सामान्य रहेको प्रहरीले जनाएको छ । सबै घाइतेको सावलाखु प्रहरी चौकीमा उपचार भइरहेको छ ।
साँझ ६ः३० बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।  सावलाखु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक प्रदिप बिष्टको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयले घाइतेलाई उपचारकालागि सावलाखु स्वास्थ्य चौकी पुर्याएका थिए। 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!