०५ कार्तिक २०८२, बुधबार

ढुङ्गा  झरेर आठराइ त्रिबेणीमा सडक अवरुद्ध 

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस मंगलबार, आश्विन २०, २०८२

२१ आश्विन २०८२
ताप्लेजुङ -आठराइ त्रिवेणी गाउँपालिका ५ तिलवारीमा ढुङ्गा झरेर सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार यसले मैवाखोला, आठराइ त्रिवेणी जाने सडक अवरुद्ध बनाएको छ । दोभानबाट आठराइ त्रिवेणीको केन्द्र हाङपाङ जाने सडक अवरुद्ध बनाएको हो ।
करिव १०-१५ मिटर माथिबाट ढुङ्गा झरेपछि र मान्छेले पन्छाउन सक्ने अवस्था नभएपछि इलाका प्रहरी कार्यालय दोभानले गाउँ पालिकासँग समन्वय गरिरहेको बस्नेतले जानकारी दिए । स्काभेटरको प्रयोगले मात्रै पहिरो पन्साउन सकिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!