

पाँचथर — शनिबार बिहान पाँचथरमा दुर्घटना भएको जिपमा सवार ६ जनाको उद्धार गरिएको छ ।
उद्धार गरिएकामध्ये पाँच जनालाई थप उपचारका लागि धरानतर्फ पठाइएको छ भने एक जनालाई जिल्ला अस्पतालमा पठाइएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।
शनिबार बिहान ताप्लेजुङदेखि धरानतिर जाँदै गरेको मे १ ज ३०५५ नम्बरको जिप पाँचथरको कुम्मायक गाउँपालिका–३ को सिमाना कात्तिके भीर नजिकै सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।
थपको उद्धार प्रयार जारी छ । केही मानवीय क्षति भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । जिपमा ११ जना सवार भएको बताइएको छ ।