०४ कार्तिक २०८२, मंगलबार

फ्रान्सका दुई नागरिकले गरे अदिनेश चुलीको पहिलो आरोहण 

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शुक्रबार, आश्विन १६, २०८२

आश्विन १७, २०८२ 

​​​​​​​ताप्लेजुङ – ‘ह्वाइट वेभ पिक’ भनेर समेत चिनिने ६ हजार ८ सय ८ मिटर उचाइको ‘अदिनेश चुली’ को फ्रान्सका दुईजना नागरिकले पहिलो पटक आरोहण गरेका छन् । फ्रान्सका बेञ्जामिन चार्ल्स इलि वेद्रिन्स र निकोलस पाउल अरीस्टाइड ले पिक आरोहण गरेको संलग्न अन्नपूर्ण फूटहिल्स ट्रेक्स एण्ड एक्सपिडिसन तेन्जी शेर्पाले जानकारी दिए । चुलीको आरोहणपछि उनीहरू घुन्सामा रहेको जोङगा फेमिली हाउसमा आराम गरिरहेका छन् । 

उनीहरूको जोडी अव कुम्भकर्ण जन्नु हिमाल आरोहणको तयारीमा रहेको होटलका सञ्चालक छिरि शेर्पाले जानकारी दिए । अनुकुल मौसमको पर्खाइमा होटलमा बसेको उनले बताए । ७ हजार ७ सय १० मिटर उचाइको जन्नुइन (कुम्भकर्ण) हिमाल आरोहणका लागि पर्यटन विभागले गत भदौ १५ गते अनुमति दिएको छ । उनीहरूले ६० दिनमा हिमाल आरोहण गरिसक्ने गरीको अनुमति लिएका छन् । 

आदिनेश चुलीको आरोहणले कुम्भकर्ण हिमाल आरोहणमा सघाउ पुग्ने घुन्सामा रहेका यी जोडीले बताएका छन् । उत्तरी मार्ग हुँदै हिमालयको भर्जिन चुलीको पहिलो आरोहणले उत्साही बनाएको प्रतिकृया यी जोडीको छ । एकै दिनमा अल्पाइन शैलीमा पूरा गरिएको, आरोहणले हिउँले कोरेको लहरको आकारलाई जनाएको उनीहरूले बताएका छन् । हामी उत्तरी रिज चढ्यौ । एक सुन्दर, विविध मिश्रित मार्ग, प्रायः ठाडो हिउँमा, जहाँ हामी हाम्रो पूर्व अनुकूलन र तयारीको लागि छिटो पाइला सार्न सक्षम भयौं,’ आरोहीले प्रेस सन्देशमा लेखेका छन्, ‘यो आरोहणले हामीलाई हाम्रो परीक्षण गर्न पनि अनुमति दियो ।’

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!