२८ आश्विन २०८३, बिहिबार

मन्त्री हाङगामको दसैँ जन्मस्थल लिङतेपमा

Logo
Taplejung Press बिहिबार, आश्विन १५, २०८२

आश्विन १६, २०८२
ताप्लेजुङ कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङगामले यस वर्षको दसैँ आफ्नो जन्मस्थल मेरिङदेन गाउँपालिका ४ लिङतेपमा मनाउँदै छन् । दसैँ मनाउन मन्त्री हाङगाम नवमिकै दिन घर पुगिसकेका छन् ।
‘बुवा प्रतापसिंह र आमा कमलादेवीको हातबाट टिका लगाएपछि तुम्बा (प्रताप प्रकाश हाङगाम) को मा जान्छु,’ मन्त्री हाङगामले भने, ‘मैले लगाइदिनुपर्ने भाइ भतिजा, श्रीमती, छोराछोरी भान्जाभान्जी छन् उनिहरुलाई मैलेपनि लगाइदिन्छु ।’ मन्त्री हाङगाम दसैंको समयमा सवै आफन्तकोमा आशिर्वाद ग्रहणकालागि पुग्ने गरेका छन् ।
आफूहरूले विगतका वर्षमापनि दसैँ उल्लासमय ढङ्गले घरपरिवार आफन्तजन भएर मनाउने गरेको र यसवर्ष पनि त्यसरीनै मनाइरहेको मन्त्री हाङगामाले जानकारी दिए । कोशी प्रदेशका पूर्व श्रम रोजगार तथा उद्योग मन्त्री प्रताप प्रकाश हाङगामलेपनि हरेक वर्षको दसैँ जन्मस्थल लिङ्तेपमा बसेर मनाउने गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066