

आश्विन १५, २०८२
ताप्लेजुङ – प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा कालरात्री पूजा गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिले महानवमी सुरु हुने रातको ठिक १२ वजे पाथीभरा देवीलाई कालो बोकाको वली चढाएको हो ।
क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङवाङ, सदस्य चेतराज घिमिरे, एन्द्र नारायण भट्टराई लगायतको पूजाविधिमा उपस्थिति रहेको थियो । माथिल्लो फेदीबाट सयौँको सङ्ख्यामा मानिसहर सहभागी भएको क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए ।
पाथीभरामा हरेक वर्ष महाअष्टमी सकिने र महानवमी सुरु हुने रात कालो बोकाको वली चढाउने प्रथा रहेको छ । पाथीभराका पुजारीका अनुसार अगाडि पुजा विधि सकेर ठिक १२ वजे वली चढाउने प्रचलन रहेको छ ।