२८ मंसिर २०८२, आइतबार

१६ वर्ष चार महिना १८ दिनको उमेरमा मनास्लु हिमालको आरोहण गर्दै ताप्लेजुङ लेलेपका निमाले बनाए नया रेकर्ड संखुवासभाका निमाकै रेकर्ड ब्रेक

Logo
Taplejung Press ताप्लेजुङ प्रेस सोमबार, आश्विन १२, २०८२

ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका ६ लेलेप ताप्लेजुङका निमा छिरिङ शेर्पाले १६ वर्ष चार महिना १८ दिनको उमेरमा ८ हजार १ सय ६३ मिटर उचाईको गोरखामा रहेको मनास्लु हिमालको सफल आरोहण गरेका छन् ।

इलाइट ट्रेक्स एण्ड एक्सपिडिसन प्रबन्धक तथा हिमाल आरोहणबाटै गिनिज बुकमा नाम लेखाएका मिङमा डेभिड शेर्पाका अनुसार उनी सबैभन्दा कम उमेरमा मनास्लु हिमाल आरोहण गर्ने किशोर पनि भएका छन् ।

यसअघि सङ्खुवासभाका निमारिञ्जि शेर्पाले १६ वर्ष पाँच महिना १२ दिनको उमेरमा हिमाल आरोहण गरेर रेकर्ड बनाएका थिए । उनको रेकर्ड त्यही नाम राशिका ताप्लेजुङका शेर्पाले ब्रेक गरेको मिङमा बताउँछन् । निमा मिङमाका सहोदर भतिजो पनि हुन् ।

निमा छिरिङले आइतबार बिहान मनास्लुको आरोहण गरेको इलाइट कम्पनीले जनाएको छ । मनास्लु हिमाल ८ हजार १ सय ६३ मिटर उचाइको छ । यो आठौं अग्लो हिमाल हो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!