०४ कार्तिक २०८२, मंगलबार

मैवाखोला गाउपालिका अध्यक्ष वनेमले भने ः संसद वाहिरवाट वन्ने सरकार वैधानिक हुदैन

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बिहिबार, भाद्र २५, २०८२

ताप्लेजुङ – मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले नेपालको संविधान २०७२‌ रहँदा सम्म लोकतन्त्र जीवित रहने प्रष्ट पारेका छन् । संसद जीवित रहँदा सम्म संसदबाटै नयाँ सरकार बन्छ , संसद बाहिरबाट कुनै सरकार गठन भए त्यो वैधानिक रहँदैन, उनले प्रष्ट्याएका छन् ।
राष्ट्रपति यो संविधानको संरक्षक रहेको र उनले राजीनामा दिन नहुने सुझाव वनेमको छ । सांसदहरुले लोकतन्त्रको रक्षाका लागि साहस गरेर संसद बचाउनुपर्ने उनको सुझाव छ । कुनै हालतमा सांसदहरुले राजीनामा दिनुहुँदैन । बरु बलिदानका लागि तयार हुनुपर्छ किनकि मर्नु त एकदिन छँदैछ, वनेमले भनेका छन् । उनले लोकतन्त्र रक्षाका लागि ऐतिहासिक १२‌ बुँदे समझदारी जस्तै अर्को ऐतिहासिक समझदारी देशले मागेकोपनि जनाएका छन् । यो आन्दोलन स्वयं जेन जीहरुको क्षमता भन्दा बाहिर जान लाग्यो भन्ने सबैले बुझिसके । तर्सथ लोकतन्त्रका सारथी राजनीतिक पार्टीका नेतृत्त्वहरु जनताका सामु मनै देखि आत्मालोचना र रुपान्तरण सहित नयाँ शिराबाट नयाँ राजनैतिक निकास खोज्न तयार हुनुस् वनेमको सुझाव छ ।
जनताले तपाईहरुलाई अझै पनि सुध्रने मौका दिनेछन्। आँट गर्नुहोस् उनले भनेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!