

ताप्लेजुङ – नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रीक खेलकुद सङ्घ गठन भएको छ । शुक्रबार सम्पन्न प्रथम अधिवेशनले प्रेमहित लंवाको अध्यक्षतामा उपाध्यक्ष दिलबहादुर मादेन, महिला उपाध्यक्ष गीता पालुङवा सचिव शिवहरी निरौला सहसचिव सुक बहादुर राई कोषाध्यक्ष गणेश मादेन चयन गरेको हो ।
अञ्चल नाल्बो बेदना गुरुङ, सङ्गीता खिम्दिङ लगायत सदस्य रहेका छनभनें गीता पालुङवा, प्रेमहित लंवा सन्तान मादेन ज्ञानु भट्टराई केन्द्रीय प्रतिनिधि चयन भएका छन् ।
कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङगाम काँग्रेस सभापति गजेन्द्र प्रसाद तुम्याहाङ, सचिव द्वय युक हां बिर हाङगाम र गणेश बाबु निरौला, कोषाध्यक्ष तारा बराल लगायतको उपस्थिति रहेको थियो ।