१९ भाद्र २०८२, शुक्रबार

ताप्लेजुङ गोल्डकपमा सलहेस मधेश र चर्चब्वाइज बाग्मतीको भेट पक्का

Logo
Taplejung Press बिहिबार, साउन २९, २०८२

ताप्लेजुङ –  फुङ्लिङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेश्रो ताप्लेजुङ गोल्ड कपमा सलहेश युवा क्लब फाइनलमा प्रवेश गरेको छ । विहीबार भएको दोस्रो सेमिफाइनल खेलमा रेड स्टार क्लब झापालाई २–० गोल अन्तर पराजित गर्दै सहलेश युवा क्लब सिराहा फाइनलमा प्रवेश गरेको हो ।

यो सँगै सहलेशले अब शनिबार हुने फाइनलमा चर्च ब्वाइज क्लब ललितपुरसँग प्रतिस्पर्धा गर्ने भएको छ । विहीबार भएको खेलमा सहलेशका युसुफ मलिकले खेलको १३ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । यस्तै खेलको ४८ औं मिनेटमा फेरी सहलेशका युसुफले नै दोस्रो गोल गर्दै टिमलाई २–० को अग्रता दिलाउनुभएको हो ।

यस अघि सहलेशले फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई ६–० र झापाले सहारा क्लब पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेका थिए । उता फाइनलमा प्रवेश गरिसेका ललितपुरले भारतको लिजेन्ड फुटबल एकेडेमीलाई १–० पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो भने बुधबार भएको सेमिफाइनल खेलमा द योङ ब्रदर्श फुटबल क्लब सुनसरीलाई ट्राइबेकरमा ३–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । खेलको सर्वोत्कृष्ट खेलाडीले बाइक प्राप्त गर्दा विभिन्न विधाका उत्कृष्ट खेलाडीले समेत नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!