२२ भाद्र २०८२, सोमबार

फुङलिङ बजार भित्रका सुँगुरका खोर हटाउने समय साउन २२ सम्म ,नहटाए सेवासुविधा रोक्का गर्ने

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बिहिबार, साउन १५, २०८२

ताप्लेजुङ – पटक/पटक वजार क्षेत्रका सुँगुरका खोर हटाउने  सूचना गर्ने र मौन बस्ने फुङलिङ नगरपालिका यस पटक भनेँ कार्यान्वयनमा जाने भएको छ । दोश्रो पटक सूचना प्रकाशित गरेर आफैं हटाउन साउन २२ गतेसम्मको समय दिएको नगरपालिकाले नहटाए नगरपालिकाबाट दिइने सेवासुविधा रोक्कागर्ने चेतावनी दिएको छ ।

यस्तो निर्णय कार्यपालिका बैठकबाटै गरिएको पनि उल्लेख छ । सात दिनको समय सुविधा दिएर साउन १५ गते आर्थिक वर्षको पहिलो सूचना गरेको नगरपालिकाले हटाउने निर्णय साउन ११ गतेको कार्यपालिका बैठकबाटै गरिएकोपनि उल्लेख गरेको छ । नगरपालिका स्रोतका अनुसार आफैं हटाउन अनुरोध गर्ने, नहटाए सेवासुविधा रोक्का गर्ने त्यसलेपनि नभए नगर प्रहरी परिचालन गर्ने तयारी छ ।

यो निर्णय गर्नुअघि नगरपालिका प्रमुख उपप्रमुख लगायतले बिद्युत्, टेलिकम, खानेपानी लगायतका कार्यालय प्रमुखलाई समेत बोलाएर छलफल गरेका थिए ।
किन जानेभयो कार्यान्वयनमा ? 
फुङलिङ नगरपालिकाले असार २७ गते वजार क्षेत्रका अव्यवस्थित सुँगुरका खोर हटाउ आव्हान गर्दै सार्वजनिक सूचना जारी गर्यो । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमद्धारा हस्ताक्षरित सूचनामा साउन २ गतेसम्म हटाइसक्न सातदिने म्याद दिइएको थियो । म्याद बितेपछि पनि नगरपालिका कार्यान्वयनमा लागेको थिएन ।

साउन ७ गते बजार क्षेत्रका खोर हटाउन नपाइने भन्दै बङ्गुर तथा सुँगुर पालक आन्दोलित भए । उनीहरूले नगरपालिकामै गएर नाराजुलुस गरे । यसलेभने नगरपालिकाको ध्यान खिच्यो । यस्ता सूचना यस अघिपनि पटक/पटक सार्वजनिक गर्ने तर कार्यान्वयनमा नजाने नगरपालिकाले कार्यपालिका बैठकबाटै निर्णय गराएपछि भने कार्यान्वयनको दिसामा गएको एक कार्यपालिका सदस्यले बताए । 


बर्सातको समयमा मलेरियाको सङ्क्रमण धेरै हुने र ताप्लेजुङमा पनि यसका सङ्क्रमित देखिएकाले हटाउनु पर्ने कारण उल्लेख गरिएको छ । यसैगरी सेतो लामखुट्टेको सङ्क्रमण समेत हुने र वातावरण प्रदुषित हुने सूचनामा उल्लेख छ । 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!