२१ भाद्र २०८२, आइतबार

तेश्रो ताप्लेजुङ गोल्डकपको उद्‌घाटन खेल आयोजक र इटहरी बिच

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बिहिबार, साउन १५, २०८२

ताप्लेजुङ –  आगामी साउन २४ गतेदेखि ३१ गतेसम्म सदरमुकाम फुङलिङमा हुने तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको उद्‌घाटन खेलमा आयोजक र इटहरीको क्लब बिच प्रतिष्पर्धा हुने भएको छ । आयोजकको तर्फबाट तेल्लोक स्पोर्टिङ क्लब सिरिजङ्गा खेल्दैछभने इटहरीबाट द योङ ब्रदर्श क्लब इटहरी आउदैछ ।

३ हजार ७ सय ९४ मिटर उचाइको पाथीभरा मन्दिरमा पुगेर आयोजक लाखेजात्रा सञ्चालक समितिले बिहीबार सार्वजनिक गरेको खेलतालिका अनुसार साउन २५ गतेको दोश्रोखेल सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबीच हुनेछ । पोखरा पहिलो पटक ताप्लेजुङ आउन लागेको हो । साउन २६ गते हुने पहिलो चरणको तेस्रो खेलमा भारत सिलगढीको लेजण्ड फुटबल एकेडेमीको र चर्च ब्वाइज फुटबल क्लब काठमाडौँबीच हुनेछ। पहिलो चरणको अन्तिम खेलमाभने साउन २७ गते मधेस प्रदेशको सलहेश युवा क्लबले पाँचथरको फिदिम स्पोर्टिङ क्लबसँग प्रतिष्पर्धा गर्नेछ । यस वर्षको प्रतियोगितामा ८ टिम सहभागी हुँदै छन्।

२८ र २९ गते सेमिफाइनल तथा ३१ गते फाइनल खेल हुनेछ । ३० गते एक दिन विश्रामका समय राखिएको छ । यो दिन सांस्कृतिक तथा साँगीतिक कार्यक्रम गर्ने आयोजकले बताएका छन् । खेल तालिका सार्वजनिक गर्न लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेन, निवर्तमान अध्यक्ष देवराज गुरुङ कोषाध्यक्ष दावा शेर्पा, जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण लिङ्खिम पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार बयासी र उपविजेताले तीन लाख ५० हजार बयासी रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । खेलको सर्वोत्कृष्ट खेलाडीलाई यमाहाको बाइक प्रदान गर्ने आयोजकले जनाएको छभने विधागत पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!