१२ साउन २०८२, सोमबार

आयोजकलाई १५ लाख सात सय ५० बुझाउँदै वडा कार्यालयमा गरियो ताप्लेजुङ गोल्डकप टिकट बिक्रीको सम्झौता

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस आइतबार, साउन ११, २०८२

ताप्लेजुङ – तेश्रो ताप्लेजुङ गोल्डकपका लागि टिकट बिक्रीको जिम्मेवारी लिएका मेरिङदेन गाउँपालिका ५ थुकिमाका विशाल लंवा लिम्बूले आइतबार आयोजकसँग सम्झौता गरेका छन् । २० लाख एक हजार बुझाउने सर्तमा लिएको जिम्मेवारी अनुसार पहिलो चरणमा ७५ प्रतिशत रकम बुझाएर सम्झौता गरिएको हो । 

सम्झौताभनें फुङलिङ नगरपालिका वाड्नं ४ वडा कार्यालयमा वडाध्यक्ष दुर्गा पालुङवाको रोहबरमा गरिएको छ । सम्झौतामा लाखेजात्रा सञ्चालक समितिका अध्यक्ष सागर मादेन, कोषाध्यक्ष दावा शेर्पा, पूर्व अध्यक्ष नारान थापा लगायतको उपस्थिति रहेको थियो । 

लंवाले १५ लाख ७ सय ५० रुपैयाँ बुझाएको कोषाध्यक्ष शेर्पाले बताए । बाँकी २५ प्रतिशत रकम अर्थात ५ लाख २ सय ५० रुपैयाँ फाइनल खेल हुनुअघि बुझाउनु पर्ने छ । प्रतियोगिताका दर्शकले क्वाटर फाइनलका चार खेलकालागि एक सय, सेमिफाइनलका दुई खेलका लागि दुई सय र फाइनलमा दुई सय ५० रुपैयाँ बुझाएर प्रवेश पाउने छन् ।

गत वर्षको प्रतियोगितामा टिकटबाट २३ लाख रुपियाँ सङ्कलन भएको थियो । टिकट बिक्रीका लागि स्वयंसेवक परिचालन लगायतको जिम्मेवारी टिकट बिक्रेताको हुनेछ । ताप्लेजुङमा पहिलो पटक आयोजकले टिकट बिक्रीको जिम्मेवारी ठेक्का प्रकृयाबाट दिएका हुन् । 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066