

ताप्लेजुङ – सिदिङ्वा गाउँपालिका वाड्नं ५ लिम्बुदिनले ढङढङे झरनाको एक मिनेटसम्मको उत्कृष्ट भिडियो बनाउनेलाई २० हजार पुरस्कार दिने भएको छ । यसरी बनाएर प्रचार गरिएको भिडियो भाद्र २५ गतेभित्र वडा कार्यालयमा पठाउनु पर्नेछ ।
साउन १२ देखि भाद्र २५ गतेसम्म पठाइएको भिडियोलाई मान्यता दिने वडाध्यक्ष अम्बर बहादुर लिम्बूले जनाएका छन् । लिम्बूका अनुसार भिडियो सृजनात्मक हुनुपर्ने छ ।
यसै वडामा रहेको झरना अवलोकनका लागि यसवर्ष सयौँको सङ्ख्यामा आन्तरिक तथा वाह्य पर्यटक गइरहेका छन् । यसको अझ प्रचार र प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो योजना ल्याइएको वडा कार्यालयले जनाएको छ ।
व्यक्तिगत प्रोफाइल, पेज वा ग्रुपको भिडियो प्रतियोगिताकालागि मान्य हुने जनाइएको छ ।