

ताप्लेजुङ – लिटलबुद्ध आवासीय माध्यमिक विद्यालयले यस वर्ष ताप्लेजुङ गोल्डकपको आकृति नबनाउने भएको छ । गतवर्ष तीन सय वढी विद्यार्थी सहभागी गराएर ताप्लेजुङ गोल्डकप २०८१ को आकृति बनाएको थियो । मैदानका प्रत्यक्षदर्शीले चारैतिरबाट प्रष्ट नदेखेपनि ड्रोन क्यामराबाट लिइएको तस्वीरमा प्रष्ट देखिएको थियो । यस वर्षपनि २०८३ को आकृति बन्ने धेरैको अपेक्षा थियो । तर लिटलबुद्धले भने यस वर्ष नबनाउने प्रष्ट पारेको छ ।
प्रधानाध्यापक युवराज गिरीका अनुसार तयारीमा अत्यधिक समय लाग्ने, विद्यार्थीको पढाइमा असरपर्ने र विद्यार्थी सङ्ख्यापनि धेरै चाहिने भएकाले यस वर्ष आकृति नबनाउने निर्णयमा विद्यालय पुगेको हो ।
लाखेजात्रा सञ्चालन समितिका तत्कालीन अध्यक्ष देवराज गुरुङका अनुसार गत बर्स तीन सय वढी विद्यार्थीले गोल्डकपको आकृति बनाएका थिए । यसको तयारीका लागि विद्यालयले आधा महिना भन्दा वढी समय लगाएको थियो । आयोजकले खाजा खर्च वापत जम्मा १० हजार रुपैयाँ दिएका थिए ।
ताप्लेजुङ गोल्डकप २०८२ मा १० वटा भन्दाबढी अक्षर रहेको छ । अक्षरै पिच्छे फरक पोशाकमा विद्यार्थी तयार पार्नुपर्ने र कुनैमा धेरै विद्यार्थी लाग्ने भएकाले सिकाउन समय लाग्ने गिरी बताउँछन् । गोल्डकप आउन अव १३ दिन मात्रै बाकी छ ।