

ताप्लेजुङ – आइतबार बिहान भएको दुर्घटनाका घाइते चालक सविन बिष्टलाई थप उपचारका लागि झापा लगिएको छ । जिल्ला अस्पताल ताप्लेजुङमा प्राथमिक उपचारपछि झापा लगिएको परिवारले जनाएका छन् ।
झापाको विर्तासिटि अस्पतालमा उपचार गर्ने सविनका बुवा महेन्द्र बिष्टले जानकारी दिए । सदरमुकाम फुङलिङबाट सिरिजङ्गा गाउपालिका ३ सिकैचा जाँदै गरेको मे१ज ३२९६ नम्बरको आफ्नै बोलेको जिप दुर्घटना हुँदा सविन घाइते भएका छन् ।
सरस्वती माध्यमिक विद्यालयकी शिक्षिका भावना विश्वकर्माको मृत्यु भएका छ । भावना बर्खे बिदा भएर आजैदेखि खुलेको विद्यालय जाँदै थिइन । सदरमुकाम वाट गएका अरु यात्रुभनें बाटामा ओर्लिसकेका थिए ।
घुम्तीमा गाडी मोड्ने क्रममा ब्रेक नलागेपछि सडकबाट तल झरेको अनुमान प्रहरीले गरेको छ । गाडी ५० मिटरजति तल झरेको स्थानीयले बताए ।
घाइते र मृतक फुङलिङ नगरपालिका ११ फावाखोलाकै हुन् । गाडीधनी समेत आफैं रहेका यही वडाका सविनले बसौंदेखि यही सडकमा गाडी कुदाउदै आएका थिए ।