११ साउन २०८२, आइतबार

विशालले लिए ताप्लेजुङ गोल्डकप टिकट बिक्रीको जिम्मा, आयोजकलाई २० लाख एक हजार

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शनिबार, साउन १०, २०८२

ताप्लेजुङ – लाखेजात्रा सञ्चालन समितिले पहिलो पटक आव्हान गरेको तेश्रो ताप्लेजुङ गोल्डकप टिकट बिक्रीको जिम्मेवारी मेरिङदेन गाउँपालिका ५ थुकिम्वाका विशाल लंवा लिम्बूले लिएका छन् । आयोजकलाई २० लाख एक हजार बुझाउने गरी जिम्मेवारी लिएका हुन् ।
मौखिक सहमति भइसकेको र लिखित सम्झौता हुन बाँकी रहेको लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए । मादेनका अनुसार समितिको कार्यविधि अनुसार सम्झौता हुनेछ ।
ताप्लेजुङ गोल्डकपको क्वाटर फाइनल चरणका चार खेलका लागि एक सय रुपैयाँ तोकिएको छभनें सेमिफाइनलका दुई खेलका लागि दुई सय र फाइनल खेलका लागि दुई सय ५० टिकटदर रहेको छ । गतवर्ष जम्मा २३ लाख रुपैयाँ टिकट बिक्रीबाट उठेको थियो । सवैभन्दा वढी फाइनलमा उठेको थियो ।
टिकटको जिम्मेवारी लिएका विशालले स्वयंसेवक परिचालन आफैँले गर्नु पर्छ । स्वयंसेवक परिचालनमा ठुलो खर्च हुनेगरेको छ । आयोजकले १० वर्ष मुनिका बालबालिका र ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेशदिने जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066