

ताप्लेजुङ – राजनीतिक दल होस या त सङ्घसंस्था । लगातार तीन पटक अनुपस्थित भए पद गुम्ने व्यवस्था गरिएको हुन्छ । तर कार्यान्वयनको पाटो प्रभावकारी हुदैन ।
नेकपा एमाले ताप्लेजुङले भने तीन बैठकमा अनुपस्थित जिल्ला कमिटीका तीन सदस्यलाई निष्कासन गरेको छ । एमाले जिल्ला कमिटी श्रोतका अनुसार मेरिङदेन गाउँपालिका २ सान्थाक्राका तेज चङवाङ, पाथीभरा याङवरक १ नाङखोल्याङका रमिता सुनुवार र फुङलिङ नगरपालिकाका कल्पना लाम्गादेलाई निष्कासन गरेको हो ।
अरु पाँचजनाको पनि निष्कासन सुचीमा नाम रहेको तर निष्कासनको निर्णय हुने दिनको बैठकमा सहभागी भएकाले जोगिएको ती नेताले जानकारी दिए । एमालेको विधान अनुसार जिल्ला कमिटीको बैठक दुई महिनामा एक पटक बस्नुपर्छ । आवश्यकता अनुसार थप बैठक बस्न सक्ने प्रावधान पनिरहेको छ ।