२१ भाद्र २०८२, आइतबार

ताप्लेजुङ मालपोतको राजश्व एक करोड बढ्यो

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शुक्रबार, साउन ०२, २०८२

ताप्लेजुङ – हाइड्रो पावर कम्पनीको कारोबारका कारण जिल्ला मालपोत कार्यालयले अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै एक करोड रुपैयाँ बढी राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१\०८२ मा तीन करोड ७२ लाख ३९ हजार रुपैयाँ राजश्व सङ्कलन भएको मालपोत कार्यलयका प्रमुख निर्मल शेर्पाले जानकारी दिए । अघिल्लो आर्थिक वर्षको तुलनामा यो ९३ लाख ३१ हजार बढी राजस्व सङ्कलन भएको शेर्पाले बताए

कार्यालयका अनुसार पूँजीगत लाभकरतर्फ एक करोड ८८ लाख ५० हजार र रजिष्ट्रेशन दस्तुर, न्यायिक सेवा, मोठ रोक्का, प्रतिलिपि प्रदान बापत एक करोड ८३ लाख ८८ हजार रुपैयाँ सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्ष ०८०\०८१ मा पूँजीगत लाभकर मार्फत एक करोड १७ लाख १५ हजार र रजिष्ट्रेशन दस्तुर, न्यायिक सेवा, मोठ रोक्का, प्रतिलिपि प्रदानमार्फत एक करोड ६१ लाख ९२ हजार रुपैयाँ सङ्कलन भएको थियो । पछिल्लो आर्थिक वर्षमा रजिष्ट्रेशन दस्तुरबाट मात्रै एक करोड ७४ लाख ९४ हजार रुपैंया सङ्कलन भएको कार्यालयले जनाएको छ ।

न्यायिक सेवा बाट छ लाख ९५ हजार, मोठ रोक्का बाट एक लाख सात हजार, प्रतिलिपि प्रदानबाट ९० हजार सात सय रुपैयाँ प्राप्त भएको शेर्पाले बताए । रजिष्ट्रेशन पारितबाट प्राप्त भएको राजस्वको ४० प्रतिशत प्रदेश सरकारलाई र ६० प्रतिशत स्थानीय तहलाई उपलब्ध गराउनु पर्छ । कानुन अनुसार कोशी प्रदेश सरकारलाई ७३ लाख ५५ हजार र ताप्लेजुङका नौवटा स्थानीय तहलाई एक करोड ३३ लाख रुपैयाँ विनियोजन गरिएको शेर्पाले जानकारी दिए ।

सबैभन्दा बढी एक करोड तीन लाख ९१ हजार राजश्व सङ्कलन भएको फुङलिङ नगरपालिकाले ६२ लाख ३४ हजार प्राप्त गरेको छभने सबैभन्दा कम तीन लाख ६९ हजार नौ सय सङ्कलन भएको पाथीभरा याङवरक गाउँपालिकाले दुई लाख २१ हजार नौसय रुपैयाँ प्राप्त गरेको छ । सिदिङवाले पाँच लाख ४५ हजार, सिरिजंघाले आठ लाख २० हजार, आठराई त्रिवेणीले तीन लाख ७८ हजार पाँच सय, मैवाखोलाले तीन लाख दुई हजार, मेरिङदेनले चार लाख पाँच हजार, मिक्वाखोलाले सात लाख ४५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

 फक्ताङलुङ गाउँपालिकाले १३ लाख ७८ हजार तीन सय रुपैयाँ प्राप्त गरेको मालपोत कार्यालयले जनाएको छ । फक्ताङलुङ गाउँपालिकामा सबैभन्दा वढी हाइड्रोपावर कम्पनी निर्माणाधीन अवस्थामा रहेका छन् ।

 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!