२९ आषाढ २०८२, सोमबार

कञ्चनजंघा साउथ बेसक्याम्प जाने खोलाको झोलुंगे पुल बाढीले बगायो

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस सोमबार, आषाढ २९, २०८२

ताप्लेजुङ — विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको साउथ बेसक्याम्प जाने मार्गमा पर्ने सिम्बुवा खोलाको पुल बाढीले बगाएको छ । तोरोङदिन भन्ने स्थानमा रहेको पुल बगाएको सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिनका वडाध्यक्ष कृष्ण गुरुङले बताए ।

गुरुङका अनुसार यहाँको पुल बस्नु अघि तत्कालीन जिल्ला विकास समिति अन्तर्गत रहेको दुर्गम विकास समितिले बनाएको थियो ।

असार २८ गते रातिको बाढीले बगाएको अनुमान गरिएको गुरुङले बताएका छन् । पुल नहुँदा तत्कालका लागि साउथ बेसक्याम्प जान पूर्णरूपमा ठप्प भएको छ । याम्फुदिनबाट नयाँ झोरेनी, झण्डे डाँडा, दुन्दु डाँडा, तोरोङदिन हुँदै आधारशिविर पुगिन्छ । यो मार्ग भएर भदौदेखि मंसिरसम्म स्वदेशी तथा विदेशी पर्यटक ट्रेकिङ जाने गर्छन् ।

‘खोलो घटेर तर्न सक्ने भएपछि बल्ल जान सकिने हो,’ गुरुङले भने, ‘बर्खाको खोलो अहिले त घट्ने अवस्था हुँदैन ।’ औली क्षेत्रमा पानीको अभाव भइरहँदा हिमाली क्षेत्रमा बाढी आउने र क्षति गर्ने क्रम तीव्र छ । ‘हिमालमा कति बेला पानी पर्छ र बाढी आउँछ पत्तो हुँदैन,’ गुरुङले थपे, ‘खोलाहरू ह्वात्तै बढेपछि बल्ल थाहा हुन्छ ।’

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066