२९ आषाढ २०८२, सोमबार

यस्तो जुक्ती लगाए फुङफुङे झरना महोत्सव आयोजक समितिले

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस सोमबार, आषाढ २९, २०८२

ताप्लेजुङ — मेला महोत्सव आयोजकले सामान्यतया दिगो योजना बनाएको देखिदैन । रकम संकलन गर्ने र खर्चगर्ने काम गछर्न । फुङफुङे झरना महोत्सव आयोजक समितिले भने दिगो योजनापनि वनाएको छ । महोत्सव आयोजना गरिरहदा कतिपय सामग्रीहरु समुदायलाई सधैभरी प्रयोग हुने गरिको व्यवस्थापन गरेको छ । जसले आगामी वर्ष महोत्सव मेला गर्दापनि तिनै सामग्रीको प्रयोग गर्न सकिन्छ ।
पर्यटकीय गन्तब्यस्थल फुङफुङे झरनाको प्रचार प्रसार गर्ने उद्देश्यले आयोजित फुङफुङे झरना पर्यटन महोत्सवमा आयोजकले पाचलाख रुपैंया मुल्य बराबरको सामग्री दिगो प्रयोग हुनेगरिको जोडेका हुन् । यी सामग्रीसगै महोत्सवमा सात लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । मेला, महोत्सव आयोजकले हरेक वर्षजसो घाटाको विवरण प्रस्तुत गरिरहँदा यसका आयोजकले भने नगद मौज्दात रहेको र सामान पनि खरिद गरिएको जनाएका हुन्।
आइतबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महोत्सवमा २५ लाख ५० हजार रुपैंया संकलन भएको थियो । मिक्वाखोला गाउँपालिकाले १० लाख स्वदेशी तथा विदेशीले १४ लाख दिएका थिए भने महोत्सवको स्टलबाट १ लाख ५० हजार रुपैयाँ उठेको थियो । महोत्सव आयोजक समितिका अध्यक्ष विजय साँवाले समुदाय परिचालन तथा सरसफाइमा एक लाख, यातायात व्यवस्थापनमा तीन लाख, कदर पत्रमा तीन लाख, महिला तथा पुरुष फुटबल सहितका खेलकुद कार्यक्रम तर्फ छ लाख, सांस्कृतिक कार्यक्रम तर्फ एक लाख ४३ हजार खर्च भएको बताए ।
महोत्सवको प्रचार प्रशरमा दुई लाख, फोटो प्रदर्सनीमा एक लाख ८० हजार, स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा दुई लाख, अतिथि स्वागत ५० हजार, कार्यक्रम स्थल तयारीमा दुई लाख २० हजार र कार्यक्रम स्थलको तयारीमा एक लाख रुपैयाँ खर्च भएको छ ।
खर्च विवरण सार्वजनिक कार्यक्रममा गाउपालिका अध्यक्ष कार्कि, संयोजक साँवा, कोषाध्यक्ष लिम्बू र अध्यक्ष कार्कीका स्वकीय सचिव घनेन्द्र थापा सहभागी थिए ।
नाफाको रकममध्ये पाँच लाख रुपैयाँबाट भविष्यका लागि समुदायलाई आवश्यक पर्ने साउन्ड सिस्टम, स्टेज लगायतजको व्यवस्थापन गरिएको र एक लाख ५० हजार रुपैयाँ बैंक मौज्दात रहेको कोषाध्यक्ष सुकबहादुर लिम्बू बताउँछन् । गाउँपालिका अध्यक्ष भत्तबहादुर कार्कीले महोत्सवले फुङफुङे झरनाको प्रचारमा टेवा पुगेको बताए । १ सय ८० मिटर लामो झरना हेर्न मानिसहरु यि स्थानमा जाने गरेका छन् ।

 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066