२८ आषाढ २०८२, आइतबार

अलैँची जोनको अध्यक्षमा गौतम

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बिहिबार, आषाढ २५, २०८२

ताप्लेजुङ – अलैँची जोन सञ्चालन समन्वय समिति ताप्लेजुङको अध्यक्षमा घननाथ गौतम निर्वाचित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमको लागि बिहीबार निर्वाचन भएको थियो ।

तीन महिला सहित नौजना निर्वाचित हुने प्रावधान रहेको छ । महिला सदस्यमा नैनकला बराल, मनकुमारी भट्टराई र फुलमाया गुरुङ चयन भएका छन् । अन्य सदस्यमा हर्क गुरुङ, कुमार लिम्बू, निम तेन्जी शेर्पा, विजय चोङवाङ, प्रदिप गुरुङ चयन भएका छन् । अध्यक्षको टुङ्गोसमेत निर्वाचन प्रकृया मार्फत लागेको थियो ।

जोन लागुभएको पालिकाबाट एक पालिका एक सदस्य हुनेगरि समिति रहेको उल्लेख छ । निर्वाचन प्रकृयामा भने मैवाखोला र सिदिङवाबाट सहभागी भएनन् । सिरिजङ्गामा जोनको कार्यक्रम छैन । यसमा नगरपालिकाका सदस्य छानिएको थियो ।

यो समितिको कार्यकाल दुई वर्षको हुन्छ । तर यसअघिको समिति भने तीन वर्ष सञ्चालनमा रहेको थियो । यसअघि बालमणि बरालको नेतृत्वमा समिति रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066