२८ आषाढ २०८२, आइतबार

पाँचथरको हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा मृत्यू हुनेको सङ्ख्या तीन पुग्यो

Logo
Taplejung Press ताप्लेजुङ प्रेस आइतबार, जेठ ३२, २०८२

लक्ष्मी गौतम

पाँचथर – मेची राजमार्गस्थित पाँचथरको हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाराको सिमरा उपमहानगरपालिका २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय प्रकाश चौधरी रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रमुख डिएसपी कौशलकुमार बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेलिब्रिज खस्दा घाइते तीनै जनालाई पाँचथरबाट रेफर गरेर बिराटनगर नोवल अस्पताल पठाइएको थियो । सोहि अस्पतालका चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका हुन् ।

शनिबार साँझ ६ बजे निर्माणाधीन बेलिब्रिज खसेको थियो । मेची राजमार्ग अन्तरगत पाँचथर खण्डमा रहेको हेंवा खोलाको पक्की पुल पहिलो पटक २०८० असार २ गतेको बाढीले बगाएपछि यहाँ पहिलो पटक बेलिब्रिज बनाइएको थियो । त्यो बेलिब्रिज २०८१ गत असोज १२ गते आएको बाढीले बगाए पछि दोस्रो पटक पुनः बेलिब्रिज हाल्न संघीय सरकारले सडक डिभिजन इलाममार्फत प्रकृया अगाडी बढाएर दोभान सुपर सौगात लाइट बिल्डर्स जेभि नामक निर्माण व्यवसायी कम्पनीसँग सम्झौता गरेर काम गरिरहेको छ ।

पुल बगेपछि अहिले हृयुम पाइपमार्फत डाइभर्सन गरेर यातायात आवागमन गराइदैछ । यद्यपी ठुलो वर्षा भएर खोलो बढ्नासाथ डाइभर्सन छोपिने र बग्ने जोखिम छ ।

यो कान्तिपुर टेलिभिजनको अनलाइन संस्करणवाट साभार गरिएको समाचार हो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066