२२ भाद्र २०८२, सोमबार

केन्द्रीय राष्ट्रपति रनिङ शिल्डको स्वर्ण पदकमा कोशी प्रदेश निल

केन्द्रीय राष्ट्रपति रनिङ शिल्डमा पहिलो रजत पटक भित्र्याउने ताप्लेजुङका अमिर

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शुक्रबार, जेठ ३०, २०८२

ताप्लेजुङ – १५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको रजत पदकको उपाधि महेन्द्र मावि फाकुम्वाका बिद्यार्थी अमिर लिम्बूले जितेका छन् । ताप्लेजुङको मैवाखोला गाउपालिका ५ फाकुम्वाका उनले एथलेटिक्स तर्फ तीन हजार मिटर दौडमा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै रजत पदक (दोश्रो स्थान) हात पारेका हुन् ।

अहिलेसम्मको तथ्यांङक अनुसार ताप्लेजुङमा रजत पदक भित्र्याउने सम्भवत उनी पहिलो खेलाडि हुन् । उनले प्रतिष्पर्धिलाई तीन सेकेण्डले उछिनेका थिए । यसअघि राष्ट्रप्रति रनिङशिल्ड प्रतियोगितामा सहभागी भएर आठराईत्रिवेणी गाउपालिका ५ चागे नेसुमकी की चन्द्रकला लाम्गादेले पहिलो उपाधि अर्थात स्वर्ण पदक जितेकी थिइन । उनले ज्याब्लीन थ्रो र सर्टफुटमा जिल्लावाट प्रदेश हुदै राष्ट्रिय प्रतियोगितामा पुगेर उपाध जितेकी थिइन । लाम्गादेले सार्क र एशियन खेलपनि खेलिन् । हाल नेपाल प्रहरीमा कार्यरत उनले जिल्लामा भित्र्याएको यो पहिलो पदक थियो ।

मेरिङदेन गाउपालिका ४ थुकिम्बाका निरज केदेमले ज्याब्लीन थ्रो र फक्ताङलुङ गाउपालिका ३ लिंखिमका मिथुन लिम्बूले सर्टफुटमा यसअघि काश्य पदक (तेश्रो) उपाधि हासिल गरेका थिए । अमिरले भित्र्याएको रजत पदकसगै ताप्लेजुङले स्वर्ण, रजत र काश्य तिनै पदक भित्र्याएको जिल्ला खेलकुद विकास समितिका अधिकृत यज्ञनिधि पौडेल वताउछ्न् । मैवाखोला गाउपालिकाका अध्यक्ष विजय वनेमले खेलकुदमा गरेको लगानीको उपलब्धि यस वर्षको रजतमा प्राप्त भएको उनले वताए । यसवर्षको प्रतियोगिता मैवाखोला गाउपालिकामा भएको थियो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश मावो केही दिनको तयारी गर्न पाएको भए स्वर्णको आस गर्न सकिनेमा थकथकी लागेको वताउछन् । यस पटकको प्रतियोगितामा कोशी प्रदेश स्वर्ण पदक विहिन भयोभनें समग्रमा सातौ तथा अन्तिम प्रदेश बन्यो । बसौंपछि आएको रजत पदकले आफुहरुलाई हर्सित वनाएको र पहिलो खुसी मैवाखोला गाउपालिका अध्यक्ष वनेमसग साटेको गणेश वताउछन् । यस वर्षको प्रदेश स्तरीय प्रतियोगितामा जर्सीको व्यवस्थापनि मैवाखोला गाउपालिकाले गरिदिएको थियो ।

 

२४ गतेदेखि हुुने प्रदेश स्तरीय प्रतियोगिताकालागि ताप्लेजुङले २१ गते सुचना गरेको थियो । २२ गते भेला गराएर २३ गते हिडाएको थियो । एथलेटिक्समा दुई, भलिवलमा एक र कबड्डीमा एक गरी ताप्लेजुङका चारजना प्रदेशवाट केन्द्रीय प्रतियोगिताकालागि छानिएका थिए । बिराटनगरमा २६ गते प्रदेश स्तरीय प्रतियोगिता सकिएपछि बसमा चढाएर त्यतैबाट केन्द्रीय प्रतियोगिताकालागि काठमाण्डौं लगिएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!