२८ आषाढ २०८२, आइतबार

फुङलिङ नगरपालिकाका प्रवक्ताले दिए राजिनामा 

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शुक्रबार, जेठ ३०, २०८२

ताप्लेजुङ – फुङलिङ नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले प्रवक्ता र वन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक पदबाट राजिनामा दिएका छन् । उनले जेठ २५ गतेनै नगरपालिका प्रमुख अमिर मादेनलाई सम्बोधन गर्दै राजिनामा पत्र पठाएका हुन् ।

न्यौपानेले नगरपालिका प्रमुखले प्राप्त गर्नेगरी इमेल मार्फत राजिनामा पत्र पठाएको पाइएको छ । श्रोतका अनुसार मेलबाट राजिनामा पठाएका उनले नगर प्रमुखको सचिवालयमा कार्यरतलाई मेल खोल्न लगाएर प्रिन्ट गराई नगर प्रमुखकोमा टेबल गर्न लगाएका थिए ।

स्थानीय तहका जनप्रतिनिधि खासगरी प्रमुखले आफूले रुचाएको एकजना जनप्रतिनिधिलाई प्रवक्ता तोक्ने प्रावधान रहेको छ । काङ्ग्रेसबाट निर्वाचत मादेनले आफ्नो पाटीबाट निर्वाचितलाई नदिई नेकपा एसबाट निर्वाचित न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी दिएका थिए । अघिल्लो नगर प्रमुख अर्थात छत्रपति प्याकुरेलको प्रवक्तापनि न्यौपानेनै रहेका थिए । मादेन निर्वाचित भएपछि पनि प्रवक्ताको जिम्मेवारी उनैलाई दिइएको थियो ।

तीन वर्ष काम गरेपछि आएको न्यौपानेको राजिनामामा कुनै कारण खुलाइएको छैन । आफू पदमा रहँदा सहयोग गर्ने नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्यलाई धन्यवाद दिइएको छ । 

यस्तो छ राजिनामा पत्र

 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066