२९ आषाढ २०८२, सोमबार

पाथीभरा काफ्‌लेपाटी बलडाँडा क्षेत्रमा हावाहुरीबाट ब्यापक क्षति, स्थानीय भन्छन् ः रविन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना जस्तै हुन्डर चल्यो

Logo
Taplejung Press ताप्लेजुङ प्रेस बुधबार, जेठ २८, २०८२

ताप्लेजुङ – मङ्गलबार दिउसो वर्षा सहितको हावाहुरीले पाथीभरा क्षेत्रको काफ्‌लेपाटी बलुडाँडा क्षेत्रमा क्षति पुर्याएको छ । स्थानीयका अनुसार अपरान्ह ४ बजे देखिको वर्षा र हावाहुरीले घरका छानाहरू उडाएको छभने फलैचा, चौतारा, होर्डिङबोर्ड भत्काउनुका साथै उडाएको छ ।

तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनाको समयमा जस्तै हुन्डरी चलेको स्थानीयले बताएका छन् । काफ्‌लेपाटी देउमान लामाको घरको छानाको सबै जस्तापाता छानु उडाएको छभने दल बहादुर पौडेलको भान्साघरको छाना उडाएको स्थानीय राजमणि पोख्रेलले जानकारी दिए । सोलार प्लेटहरू झरेर भुईँमा फुटेका र छरपष्ट भएका छन् ।

माथिल्लो फेदी होटल व्यवसायी सङ्घका अध्यक्ष इन्द्रनारायण भट्टराईका अनुसार बलुडाडामा डिल्लीराम भट्टराई खत्रीको घर र विश्वकर्मा पार्टी पूर्णरुपमा भत्काएको छ । खगेन्द्र केरुङ लिम्बूको छानो उप्काएर जङ्गलमा थुपारेको, टेकमान भट्टराई खत्रीको घरको छानो उप्काएको र भञ्ज्याङ खाजाघर नजिकको फलैँचा उप्काएर जङ्गलमा पुर्याएको भट्टराईले बताए

यो क्षेत्रमा असिनापानी परेको र भुईँको झारपात तथा रुखका हाँगा झर्नेगरेको असिना परेको स्थानीयले बताएका छन् । भट्टराईका अनुसार यस्तो आधि सहितको हुन्डरी अलिक लामो समय चलेको भए धेरैनै क्षति हुने जोखिम रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066