२८ आषाढ २०८२, आइतबार

मेरिङदेन गाउपालिकामा काङ्ग्रेसको पार्टी प्रवेश

एमालेको आधार इलाकामा काङ्ग्रेसको आक्रामक उपस्थिति 

Logo
Taplejung Press आइतबार, जेठ १८, २०८२

ताप्लेजुङ – खुला दिशा मुक्त गाविस घोषणा कार्यक्रममा जादा नेपाली काङ्ग्रेसका नेता प्रताप प्रकाश हाङगामले एमाले नेता डम्बरध्वज तुम्वाहाम्फेलाई लक्षित गर्दै भनेका थिए, ‘मेरो कार्यकर्तामाथि थिचोमिचो भयो भने भारतले नेपाललाई नाका बन्दी गरेजस्तै गरिदिन्छु ।’ समस्या यस्तो थियो कि नाल्बुका वासिन्दाले लिङतेप भएर सदरमुकाम फुङलिङ आउजाउ गर्नुपर्थ्योवारीपारीका हाङगामतुम्बाहाम्फेविच चुनावी प्रतिष्पर्धा हुन्थ्यो । नाल्बुमा हाङगामको दलगत उपस्थिति कमजोर थियो । औलामा गन्न सकिने कार्यकर्ता मात्रै थिए काङ्ग्रेसका । आफ्नो वडामा तुम्बाहाम्फेको उपस्थिति बलियो थियो । एमालेको त्यही आधार इलाकाका कार्यकर्तामा काङ्ग्रेसले एमाले कार्यकर्ता आकर्षित गर्ने आक्रामक हमला गरेको छ र आफ्नो पार्टीमा भित्र्याएको छ ।


नेपाली काङ्ग्रेस ताप्लेजुङले केन्द्रीय सदस्य नैनसिंह महरलाई ल्याएर शनिबार ८७ जना कार्यकर्ता काङ्ग्रेस प्रवेश गराएको जनाएको छ । परिवारका सवै सदस्य पार्टी प्रवेश गरेको तर कार्यक्रममा एक घरको एकजना मात्रै सहभागी भएको काङ्ग्रेसको दावी छ । यदी यसमा सत्यता भएका एमालेका लागि ठुलो क्षती र काङ्ग्रेसका लागि उत्सव भएको राजनीतिका जानकार बताउछन् ।  प्रवेशीको सूचीमा नाल्बुका ४६ जना छन् । यस अर्थमापनि यो चर्चाको विषय बनेको छकी यही वडाका डम्बरध्वज तुम्बाहाम्फे एमाले जिल्ला कमिटी अध्यक्ष छन् । एमालेको मुख्य भातृ सङ्गठन युवा सङ्घ ताप्लेजुङको अध्यक्ष मानिक तुम्बाहाम्फेपनि यही वडाका हुन् । निर्वाचित वडाध्यक्षको जिम्मेवारीमा पनि डम्बरध्वजकै भतिज मानिकका भाई छन् । यस्तो वेला एमाले कार्यकर्तामाथि काङ्ग्रेसले गरेको हमला एमालेका लागि आश्चर्यजनक बनेको छभने काङ्ग्रेसका लागि विजय उत्सव । एमाले विभाजन भएर बनेको नेकपा एसको प्रभावपनि यही वडामा वढी परेको थियो ।
काङ्ग्रेसले एमालेको अर्को आधारस्तम्भ थिङलाबु पनि आक्रामक उपस्थिति देखाएको छ । यहाँका ३३ जनालाई खादा लगाएर पार्टी प्रवेश गराएको छ । जसमा अधिकांश एमाले कार्यकर्ता रहेको काङग्रेसको दावी छ । उद्घोषकले ८७ जना नव प्रवेशीको नाम पढेका थिए । ८१ जनाले खादा पहिरिएको प्रत्यक्षदर्शी बताउँछन् । जसमा नाल्बु, थिङलाबु बाहेक थुकिमा र केही मिक्वाखोलाका थिए । अघिल्लो निर्वाचनमा जनप्रतिनिधि भइसकेकाहरू पनि काङ्ग्रेस प्रवेश गरेका छन् ।
मेरिङदेन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष काङ्ग्रेस र नेकपा एसको गठवन्धनले जोडबलले मात्रै जितेको थियो । वडामा गठबन्धनको उपस्थिति प्रभावकारी हुन सकेको थिएन । कार्यपालिकामा गठनबन्धनका जनप्रतिनिधिको बहुमत छैन ।

मिसन ८४ को नारा लागिरहँदा कोशी प्रदेशका मन्त्री समेत रहेका पार्टीका क्षेत्रीय सभापति खगेन सिं हाङगाम, जिल्ला पार्टी सचिव एवं गाउपालिका अध्यक्ष डम्बर हाङगामले अरु  दलका कार्यकर्ता आकर्षित गर्ने अभियान चलाएका छन् । जसमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य बिश्व लिम्बू लगायतको सकृयता रहेको काङ्ग्रेस नेताहरु बताउँछन् । दुवै दलका नेताको स्विकारोत्ती अनुसार प्रवेशीको नाम लिष्ट  अझ वढी थियो । तर एमाले नेताहरुले पूर्व सूचना पाएपछि केहीलाई पार्टीमा थामथुम गर्न सफल भए । काङ्ग्रेसले उनिहरुमाथीको आक्रमण प्रयास जारी राख्ने जनाएको छ । एकजना नेताले भने, ‘योत हाम्रो नियमीत काममै पर्छ ।’

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066