१० जेठ २०८२, शनिबार

१४ जिल्लाका सुरक्षा प्रमुखको सहभागिता, गृहमन्त्री लेखकको विशेष सम्बोधन

ताप्लेजुङका सुरक्षा अधिकारी बिराटनगर तर्फ बुधबार गृहमन्त्री सहित सुरक्षा प्रमुखको उपस्थितिमा छलफल

Logo
Taplejung Press मंगलबार, बैशाख ३०, २०८२

ताप्लेजुङ — कोशी प्रदेशस्तरीय सुरक्षा बैठकका लागि ताप्लेजुङका सुरक्षा अधिकारी बिराटनगर गएका छन् । पछिल्लो समय विकसित भइरहेको राजनीतिक परिस्थितिकाबीच कोशी प्रदेशस्तरीय सुरक्षा बैठक बुधबारदेखि विराटनगरमा सुरु हुँदैछ । प्रदेश तथा संघीयस्तरमा देखिएको अस्थिरता, सरकार गठनको प्रयास र सम्भावित आन्दोलनका सन्दर्भमा यो बैठकलाई विशेष महत्त्वका रूपमा हेरिएको छ ।

विराटनगरस्थित होटल एसियाटिकमा आयोजना हुने बैठकमा कोशी अन्तर्गतका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुनेछन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सहभागी जिल्लाबाट वर्तमान सुरक्षा अवस्था, चुनौती र स्थानीय तहमा देखापरेका समस्याबारे प्रस्तुति दिइनेछ । त्यसपछि संघीय गृहमन्त्री रमेश लेखकको विशेष सम्बोधन रहने जनाइएको छ । मन्त्री लेखक मंगलबार बिहानै विराटनगर आइपुगेका छन् । उनले कारागारलगायतका विभिन्न निकायको अवलोकनसमेत गर्ने कार्यक्रम छ ।

सुरक्षा बैठकमा गृहसचिव, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी), सशस्त्र प्रहरी बलका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक र प्रदेश तथा जिल्ला तहका सुरक्षा अधिकारीहरूको उपस्थिति रहनेछ ।

पछिल्लो राजनीतिक अवस्था, आगामी निर्वाचन, सीमावर्ती क्षेत्रमा बढ्दो आपराधिक गतिविधि र सामाजिक अपराधहरूबारे पनि बैठकमा विस्तृत छलफल हुने जनाइएको छ ।

सुरक्षा संयन्त्रलाई थप चुस्त र प्रभावकारी बनाउँदै प्रदेशमा शान्ति, स्थायित्व र सुशासनको प्रत्याभूति दिन बैठक निर्णायक हुने सरकारी अधिकारीहरूको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066